शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आईफोनको पहिलो मोडल ६३ हजार डलरमा बिक्री भयो 

मंगलबार, फागुन ९ २०७९
आईफोनको पहिलो मोडल ६३ हजार डलरमा बिक्री भयो 

एपस्टोर नभएको फोनमा टूजी इन्टरनेट कनेक्सन नेटवर्क रहेको छ। 

काठमाडौं- पहिलो पुस्ताको एउटा  आईफोन ६३ अहजार अमेरिकी डलरमा बिक्री भएको छ। 

अमेरिकामा भएको एउटा अनलाइन बोलकबोलबाट सन् २००७ मा आएको एउटा पहिलो पुस्ताको आईफोनलाई एकजना अमेरिकी नागरिकले ६३ हजार अमेरिकी डलरमा खरिद गर्ने कबोल गरेका छन्। 

एलसीजी नामक एउटा प्ल्याटफर्मले अक्सनमा राखिएको यो फोनको बक्स खोलिएको थिएन। वास्तविक मूल्यभन्दा सय गुणाभन्दा बढीमा बिक्री भएक यो आइफोनको ३.५ इन्चको डिस्प्ले रहेको छ। २ मेगापिक्सेलको क्यामेरा भएको फोनमा ४ जीबी र्‍याम र ८ जीबी स्टोरेज क्षमता छ। 

एपस्टोर नभएको फोनमा टूजी इन्टरनेट कनेक्सन नेटवर्क रहेको छ। 

महिनादिनभन्दा बढी चलेको बोलकबोलको सुरुवात २ हजार ५ सय अमेरिकी डलरबाट भएको थियो। सुरुमा २७ वटा बिड परेका थिए। अन्तत: ६३ हजार डलर कबोल गर्ने एक अमेरिकी नागरिकले यो आईफोन प्राप्त गरेका छन्। 

 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend