बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँचवटै जेटस्ट्रिम जहाज विदेशी कम्पनीलाई बेच्दै गुण एयरलाइन्स

सन् २०२३ भित्रै ठूला जहाजमार्फत आन्तरिक उडान गर्ने

सोमबार, फागुन ८ २०७९
पाँचवटै जेटस्ट्रिम जहाज विदेशी कम्पनीलाई बेच्दै गुण एयरलाइन्स

काठमाडौं- पुराना जहाज मर्मतमा खर्च अत्याधिक आउन थालेपछि गुण एयरलाइन्सले पाँचवटै जेटस्ट्रिम जहाज बिक्री गर्ने भएको छ। विगतमा पनि आर्थिक संकटबाट तत्कालीन गुण एयरलाइन्स छाडेका घरजग्गा व्यवसायी राजेन्द्र शाक्यले दुई वर्षअघि पुनः गुण एयरलाइन्सको स्वामित्व लिएका थिए। 

पछिल्लो समय आर्थिक संकटसमेत भोग्दै आएको एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि ग्राउन्डेड गरिदिएको छ। यति एयरलाइन्ससँग रहेको पाँचवटा जेटस्ट्रिम जहाज दुई वर्षअगाडि गुण एयरलाइन्सले खरिद गरेको थियो। 

सञ्चालन गरेको एकवर्षकै अवधिमा समस्या धेरै आउन थालेपछि विदेशी कम्पनीलाई जहाज बिक्री गर्न लागिएको हो। अहिले विदेशी खरिदकर्ता अन्तिम डिलको लागि नेपाल आएकोसमेत गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए। 

jetguana.jpg

हाल गुणले जेटस्ट्रिम पाँचवटा र दुईवटा १८ सिट क्षमताको विचक्राफ्ट-१९०० मार्फत उडान गर्दै आएको छ। ‘विचक्राफ्ट-१९०० जहाजको मर्मत चलिरहेकाले मर्मत सकिएपछि उक्त जहाजबाट मात्रै उडान हुने छ,’ थापाले भने।

गुण एयरलाइन्सले सन् २०२३ भित्रै अहिलेको जहाज बिक्री गरेर ठूला जहाज खरिद गर्ने योजना बनाएको छ। ‘एटीआर वा अन्य कुनै जहाजमार्फत गुणले उडान गर्ने छ,’ प्रवक्ता थापाले भने। 

सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो? सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो?

jetddd.jpg

जेटस्ट्रिम जहाज बेलायतको ब्रिटस एरोस्पेसले सन् १९९२ मा पहिलो पटक उडान गराएको थियो। उक्त जहाज संसाभर एकसय वटामात्रै उत्पादन गरिएपछि बन्द गरिएको थियो। हाल यती एयरलाइन्सले उडान गरेका ५ वटा जेटस्ट्रिम जहाज अफ्रिकन एयरलाइन्स कम्पनी इजी फ्लाइमार्फत सन् १९९८ मा खरिद गरेको थियो। 

 

एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड


प्रकाशित : सोमबार, फागुन ८ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend