शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

फेसबुक र इन्स्टाग्राममा पैसा तिरेर भेरिफाई गर्न सकिने 

सोमबार, फागुन ८ २०७९
फेसबुक र इन्स्टाग्राममा पैसा तिरेर भेरिफाई गर्न सकिने 

अहिलेका लागि यो मेटा भेरिपाई कार्यक्रम परीक्षणका रुपमा रहनेछ। तत्कालका लागि अष्ट्रेलिया र न्यूजल्यान्डबाट यसको सुरुवात हुने भएको छ। 

काठमाडौं- सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शुल्क तिरेर 'ब्लू ब्याज' लिन सकिने भएको छ। 

प्यारेन्ट कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाई कार्यक्रम सुरुवात गर्न लागेको छ। मेटाका सीईओ तथा सहसंस्थापक मार्क जुकरवर्कले आइतबार यसका बारेमा जानकारी दिएका छन्। 

अहिलेका लागि यो मेटा भेरिपाई कार्यक्रम परीक्षणका रुपमा रहनेछ। तत्कालका लागि अष्ट्रेलिया र न्यूजल्यान्डबाट यसको सुरुवात हुने भएको छ। 

फेसबुकले यसका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि मासिक ११.९९ डलर, एप्पल प्रयोगकर्ताका र वेबका लागि १४.९९ डलर शुल्क निर्धारण गरेको छ। यो मासिक शुल्कमा फेसबुक तथा इन्स्टाग्राम भेरिभाइ हुनेछ। 

सरकारी परिचयपत्रका आधारमा आफ्नो पेज तथा प्रोफाइल भेरिफाई गर्न सकिने छ। यस्तो सेवा लिनेहरूले फेसबुकको  विशेष सेवा पाउनेछन्। ग्राहक सेवाकेन्द्रको सिधा पहुँच तथा खाता सुरक्षाको बलियो आधार पाउनेछन्। 

यसअघि ट्विटरले भेरिफाइका लागि शुल्क तिर्नुपर्ने नियम ल्याइसकेको छ। यद्यपि मेटाले भने यसअघि भेरिफाई भएकाहरूका बारेमा केही बोलेको छैन। आगामी दिनमा पनि सबै भेरिफाइ सशुल्क हुने वा नहुने भन्ने बारेमा खुलाएको छैन। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend