शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ट्विटरमा पैसा तिरेकाले मात्र फोनको माध्यमबाट 'टु फ्याक्टर अथिन्टिकेसन' सुविधा पाउने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ७ २०७९
ट्विटरमा पैसा तिरेकाले मात्र फोनको माध्यमबाट 'टु फ्याक्टर अथिन्टिकेसन' सुविधा पाउने 

यसबाहेक अन्य विकल्प भने सबैले उपयोग गर्न सक्ने भएका छन्। 

काठमाडौं- ट्विटरले प्रयोगकर्ताको खाता सुरक्षा योजना परिमार्जन गरेको छ। माइक्रो ब्लगिङ साइट ट्विटरले शनिबार ट्विट गर्दै यस्तो जानकारी गराएको हो। 

नयाँ नीति अनुसार अबदेखि प्रयोगकर्ताले आफ्नो खाता सुरक्षाका लागि लगइन गर्न पहिले मोबाइल नम्बरमा कोड आउने सुविधा सबैले नपाउने भएका छन्। टेक्स्ट म्यासेज मार्फत् टु फ्याक्टर अथिन्टिकेसनको सुविधा पैसा तिरेर ट्विटर ब्लू सस्क्राइब गरेकाले मात्र पाउने भएका छन्। 

पासपवर्ड बाहेक खातालाई सुरक्षित बनाउनका लागि विभिन्न माध्यमबाट दोस्रो सुरक्षाको उपाय अपाउने गरिन्छ। यसमा अहिले धेरै प्रचलनमा रहेको मोबाइलमा कोड प्राप्त गर्ने विधि हो। 

यस बाहेक अन्य विकल्प भने सबैले उपयोग गर्न सक्ने भएका छन्। 

ट्विटर ब्लूको सेवा लिनका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि मासिक ११ अमेरिकी डलर निर्धारण गरिएको छ। 


प्रकाशित : आइतबार, फागुन ७ २०७९१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend