शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कम्प्युटर ह्याक भएको छ? यस्ता छन् ह्याकिङ भएको थाहा पाउने १२ उपाय

आइतबार, फागुन ७ २०७९
कम्प्युटर ह्याक भएको छ? यस्ता छन् ह्याकिङ भएको थाहा पाउने १२ उपाय

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले कम्प्युटर ह्याक भएको थाहा पाउन सकिनेबारे सूचना जारी गरेको छ।

प्राधिकरणका अनुसार कम्प्युटर वा कम्प्युटरमा आधारित प्रणालीहरू, कार्यक्रम, सूचना वा तथ्यांकमा कुनै अख्तियारी नलिइ पहुँच प्राप्त गर्नु नै ह्याकिङ हाे। ह्याकरले कम्प्युटर ह्याक गरिसकेपछि कम्प्युटर प्रणालीलाई अवरूद्ध गर्ने, डाटाको स्वरूप परिवर्तन गर्ने, नस्ट गर्ने, डाटा बिक्री गर्ने लगायतका कार्यहरू गर्न सक्ने प्राधिकरणको भनाइ छ।

कम्प्युटर ह्याक भएको कसरी थाहा पाउने? 

१. कम्प्युटरमा कम्प्युटर धनीको जानकारी बिना प्रोग्रामहरू इन्भस्टल भएको देखिएमा। साथै, कम्प्युटर अन गर्नेबित्तिकै ती प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा।

२. असामान्य रूपमा कम्प्युटरको पर्फरमेन्स  घट्ने, सीपीयू/आरएएम को यूजेज बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने (ह्यांग)/ स्वत बन्द हुने भएमा।

३. अनावश्यक रूपमा वेबसाइटहरूमा रिडाइरेक्ट/भिजिट हुने, विभिन्न सफ्टवेयर आफैँ डाउनलोड हुने र बारम्बार पप अप विन्डो आइरहने भएमा।

४. कम्प्युटर धनीको इमेल खाताबाट वा सामाजिक सञ्जाल खाताबाट कम्प्युटर धनीको जानकारी बिना धेरै इमेल वा सन्देशहरू पठाइएको पाइएमा।

५. कम्प्युटर धनीको जानकारी/अनुमति बिना इन्टरनेट ब्राउजरको होम पेज परिवर्तन भएमा।

६. विन्डोज फायरवेल, एन्टीभाइरस, टाक्स म्यानेजर, रजिष्टर इडिटर स्वतः डिसएवल भएको पाइएमा।

७. आफ्नो पासवर्डले काम गर्न छोडेमा।

८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमिन मा पब्लिस भएको पाइएमा।

९. अस्वभाविक रूपमा धेरै इन्टरनेट ब्रान्ड विथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा।

१०. यदि युट्युब विन ह्याक जस्ता सन्देश  प्राप्त भयो भने।

११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी इमेल सन्देश प्राप्त भएमा।

१२. ब्राउजर मा अनवान्डेट टुलबारहरू देखिएमा।


प्रकाशित : आइतबार, फागुन ७ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend