शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

जीएमओ खेतीको सुरूवात मकैबाट गर्दै चीन 

शुक्रबार, फागुन ५ २०७९
जीएमओ खेतीको सुरूवात मकैबाट  गर्दै चीन 

चीनले खेतीका लागि अनुमति नदिए पनि जीएमओ भटमास र मकैको आयात भने खुला गरेको छ। जनावरको दानाका लागि उपयोग गर्नका लागि यस्तो आयात अनुमति चीनले पहिले नै दिएको छ। 

काठमाडौं- पश्चिममा मुलुकमा प्रचलित भइसकेको जीएमओ खेती (आनुवंशिक परिवर्तन गरिएको) चीनले पनि सुरु गर्ने तयारी गरेको छ। अहिलेसम्म जीएमओ खेतीलाई अनुमति नदिएको चीनले मकैबाट सुरुवात गर्ने तयारी गरेको छ।

अहिले मकै खेती भइरहेकोमध्ये कम्तिमा १ प्रतिशत क्षेत्रफलमा जीएमओ मकै छर्ने तयारीमा चीन रहेको छ। अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक नभए पनि देशका विभिन्न क्षेत्रमा यसको व्यावसायिक खेतीको अनुमति दिने तयारी भइरहेको रोयटर्सले उल्लेख गरेको छ। 

कृषि तथा बीउ विकास सम्बन्धित संस्थाका अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको समाचारअनुसार २ लाख ६७ हजार हेक्टर क्षेत्रफलमा जीएमओ मकै छरिने छ। विभिन्न प्रकारका मकैको खेती विभिन्न प्रान्तमा सुरु गरिने छ। 

चीनले धेरै समयदेखि जीएमओको अनुसन्धान गरेपनि अहिलेसम्म यस्तो बीउको खेती गर्न अनुमति भने दिएको छैन। पश्चिममा कम्पनीहरूको बीउ आयात हुने र त्यसले आन्तरिक अनुसन्धान प्रभावित हुने भन्दै चीनले यसमा अनुमति दिएको थिएन। चीनले खेतीका लागि अनुमति नदिए पनि जीएमओ भटमास र मकैको आयात भने खुला गरेको छ। जनावरको दानाका लागि उपयोग गर्नका लागि यस्तो आयात अनुमति चीनले पहिले नै दिएको छ। 

चीनले अहिले नै पूर्ण व्यावसायिक उत्पादनका लागि जीएमओलाई खुला गर्न लागेको भने होइन। अहिलेका लागि यो ठूलो स्केलको परीक्षण मात्र हो। पश्चिमा बीउ उत्पादक कम्पनीहरुका लागि सुखद् समाचार रहेको चिनियाँ अधिकारीहरूले उल्लेख गरेका छन्। चीनले जीएमओ खेती खुला गरेपछि आफ्नो व्यापार बढ्नेमा पश्चिमा कम्पनीहरू आशावादी रहेका छन्। 

 


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend