बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हवाई यात्रुसँग मनपरी शुल्क लिँदै सामान बिक्री गर्ने विमानस्थलका पसलमा वाणिज्यको अनुगमन सुरु

बिहीबार , फागुन ४ २०७९
हवाई यात्रुसँग मनपरी शुल्क लिँदै सामान बिक्री गर्ने विमानस्थलका पसलमा वाणिज्यको अनुगमन सुरु

विभागबाट खटिएको बजार अनुगमन टोली विमानस्थल भित्र रहेका कफी पसलदेखि सबै प्रकारको खाजा पसलमा अनुगमन थालेको विभागले जनाएको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र उपभोक्तासँग चर्को मुल्य लिने पसल माथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको छ।

विभागबाट खटिएको बजार अनुगमन टोली विमानस्थल भित्र रहेका कफी पसलदेखि सबै प्रकारको खाजा पसलमा अनुगमन थालेको विभागले जनाएको छ।

विमानस्थलमा अधिकांश पसलले सामान्य चियाँ पनि १ सय रुपैयाँ  लिने गरेको तथा बाहिर बजारमा पाइनेभन्दा पाँच गुणासम्म महँगोमा समान बिक्री गरेको उजुरीको आधारमा अनुगमन थालेको विभागले जनाएको छ।

विभागले डिजिटल पे मेन्ट स्वीकार नगर्ने तथा बील जारी नभएको विषयमा समेत अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित : बिहीबार , फागुन ४ २०७९०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend