शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पटकपटक नेटवर्कमा समस्या आएपछि नेपाल टेलिकमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण 

छानबीन गर्न बनायो समिति 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
पटकपटक नेटवर्कमा समस्या आएपछि नेपाल टेलिकमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण 

अत्यावश्यक प्रणालीमा सुधार नगरि काम गर्दा नेटवर्कमा नियमित समस्या आउने गरेको उक्त छानवीनको निष्कर्ष रहेको छ। 

काठमाडौं- नेपाल टेलिकमको नेटवर्कमा आज दिउसो समस्या देखिएको थियो। पछिल्लो एक महिनामै धेरैपटक यस्तो समस्या आएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ। 

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी यस्तो समस्या आउँछ? भनेर स्प्टीकरण सोधेको छ। 

स्पष्टीकरण माग गर्नेसँगै प्राधिकरणले टेलिकमको सेवाका बारेमा छानबीन गर्न समिति बनाएको छ। प्राधिकरणका निर्देशक विजयकुमार रोयको संयोजकत्वमा समिति गठन गरेको छ। 

यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो। उक्त छानबीनले टेलिकमको बिलिङ प्रणालीमा समस्या रहेको उल्लेख गरिएको छ। 

अत्यावश्यक प्रणालीमा सुधार नगरि काम गर्दा नेटवर्कमा नियमित समस्या आउने गरेको उक्त छानवीनको निष्कर्ष रहेको छ। 

आजसमेत देखिएको समस्याका बारेमा प्राधिकरणले फेरि छानबीन गर्ने भएको छ। यो छानबीन धेरै प्राविधिक हुने प्राधिकरणका अधिकारीहरूले बताएका छन्। इन्जिनियरिङदेखि उपकरणको गुणस्तरसम्म जाँच गरिने प्राधिकरणले जानकारी दिएको छ। 

 


प्रकाशित : बुधबार, फागुन ३ २०७९१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend