शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

व्यक्तिगत घटना दर्ता प्रणाली चलाउँदा भीपीएन प्रयोग गर्नुपर्ने 

बुधबार, फागुन ३ २०७९
व्यक्तिगत घटना दर्ता प्रणाली चलाउँदा भीपीएन प्रयोग गर्नुपर्ने 

भीपीएनको पासवर्ड लगायतका प्राविधिक जानकारी पनि सबैलाई वितरण गरिएको विभागले जानकारी दिएको छ। 

काठमाडौं- पञ्चिकरण विभागले व्यक्तिगत घटना दर्ताको प्रणाली सञ्चालन गर्दा अनिवार्य भीपीएन प्रयोग गर्न  सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

विभागले डेटाको सुरक्षा तथा संरक्षणका लागि भन्दै यस्तो निजी नेटवर्क प्रयोग गरेरमात्र प्रणाली खोल्न प्रदेश तथा स्थानीय तहलगायतका निकायलाई  निर्देशन दिएको हो। 

सात वटै प्रदेशमा स्थानीय तहहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीलाई भीपीएन मार्फत कार्य सञ्चालन गर्न र यसका लागि तालिम पनि दिइएको विभागले जानकारी दिएको छ। 

भीपीएनको पासवर्ड लगायतका प्राविधिक जानकारी पनि सबैलाई वितरण गरिएको विभागले जानकारी दिएको छ। 

 


प्रकाशित : बुधबार, फागुन ३ २०७९१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend