बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

४ सय १८ ट्यूबवेलबाट तानिन्छ काठमाडौं उपत्यकामा दैनिक साढे ४ करोड लिटर भूमिगत पानी

प्रतिलिटर १ पैसा मात्रै लिँदा पनि उठ्छ वार्षिक १ अर्ब ६२ करोड, बोर्डले अहिले पाउँछ ८३ लाख रुपैयाँमात्रै

बुधबार, फागुन ३ २०७९
४ सय १८ ट्यूबवेलबाट तानिन्छ काठमाडौं उपत्यकामा दैनिक साढे ४ करोड लिटर भूमिगत पानी

काठमाडौं- काठमाडौं उपत्यकामा अहिले सरकारबाट अनुमति लिँदै ४ सय १८ वटा ट्यूबवेलबाट भूमिगत पानी तानिइरहेको छ।

यसरी भूमिगत पानी तान्नका लागि अनुमति लिनेमा गैरनाफामूलक संस्था, अस्पताल तथा विद्यालय, पानी उद्योग, अपार्टमेन्ट तथा पानीजन्य वस्तुको उत्पादन गरी बिक्री वितरण गर्ने उद्योगहरू रहेका छन्। तर कतिपय ठाउँमा भने भूमिगत पानी तानेर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेले समेत अनुमति लिएका छैनन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नै भूमिगत पानी प्रयोगका लागि अनुमति दिने तथा नवीकरण गर्ने काम गरिरहेको छ। तर बोर्डले जलस्रोत नीति २०६९ तथा भूमिगत जलस्रोत निर्देशिका २०७१ विपरित भूमिगत पानीको दोहनमा सहयोग गरिरहेको छ। जसका कारण अहिले एउटै उद्योगले ४ वटासम्म ट्यूबवेल राखेर दैनिक १२ लाख लिटर भूमिगत पानी तानेर व्यापार गरिरहेका छन्।

२०७१ सालमा नै भूमिगत श्रोतको पानी उपयोग तथा परिमाणको आधारमा उपभोक्ता शुल्क लगाउने विषय कार्यान्वयन नगरेर भूमिगत पानीको दोहनमा बोर्डले सहयोग गरिरहेको छ। बोर्डकै लापरबाहीका कारण १ रुपैयाँमा नै १२ हजार लिटर भूमिगत पानी तानेर व्यापारसमेत गरिरहेका छन्। तर बोर्डले अनुगमन गरेर कुनै कारबाही गर्न सकेको छैन।

बोर्डले त अहिले सुरुमा २० हजार रुपैयाँ र वार्षिक नवीकरणमा २० हजार रुपैयाँ लिएर सबैलाई एकै तवरमा पानी तान्न दिएको छ।

बोर्डले दिएको तथ्यांकअनुसार अहिलेसम्म ४ सय १८ वटा ट्यूबवेलले दैनिक ४ करोड ४४ लाख ६० हजार २ सय ६० लिटर पानी तान्न पाउने गरी अनुमति पाएका छन्।

यसरी ४ सय १८ वटा ट्यूबवेलले वार्षिक १६ अर्ब २२ करोड ७९ लाख ९४ हजार ९ सय लिटर पानी तान्न अनुमति लिएका छन्। तर यसरी धेरै पानी प्रयोगबाट पनि बोर्डलाई वार्षिक ८३ लाख ६० हजार रुपैयाँमात्रै आम्दानी हुन्छ। यसमा पनि दैनिक एउटै ट्यूबवेलबाट ६ लाख लिटर पानी तान्ने र ६ हजार लिटर पानी तान्नेलाई समान शुल्क लिँदै आएको छ।

बोर्डले भूमिगत श्रोतको पानी उपयोग तथा परिमाणको आधारमा उपभोक्ता शुल्क लगाउँदै प्रतिलिटर १ पैसा मात्रै शुल्क लिने हो भने पनि १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्छ। तर बोर्डले व्यवसायीसँगको मिलिमतोमा भूमिगत पानीको दोहनमा सहयोग गरिरहेको छ।

भूमिगत पानीको अत्याधिक दोहन गर्ने कोकाकोलामाथि भारतमा करोडौँ जरिवाना, तर नेपालमा नियामक किन मौन? भूमिगत पानीको अत्याधिक दोहन गर्ने कोकाकोलामाथि भारतमा करोडौँ जरिवाना, तर नेपालमा नियामक किन मौन?

निर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमतिनिर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमति  

निर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमतिनिर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमति भूमिगत पानी पुनर्भरणमा व्यवसायीले बेवास्ता गरेपछि आफ्नै खर्चमा पुनर्भरण सुरु गर्दै सरकारभूमिगत पानी पुनर्भरणमा व्यवसायीले बेवास्ता गरेपछि आफ्नै खर्चमा पुनर्भरण सुरु गर्दै सरकार पेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानीपेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानी एक रुपैयाँमै २१ सय ९१ लिटर भूमिगत पानी तानेर कोकाकोला बेच्दैछ बोटलर्स नेपालएक रुपैयाँमै २१ सय ९१ लिटर भूमिगत पानी तानेर कोकाकोला बेच्दैछ बोटलर्स नेपाल ३ सय ८४ रुपैयाँमा दैनिक १० लाख ५५ हजार लिटर भूमिगत पानी तान्दै सिभिल होम्स३ सय ८४ रुपैयाँमा दैनिक १० लाख ५५ हजार लिटर भूमिगत पानी तान्दै सिभिल होम्स यी १३ खानेपानी उद्योग जसले प्रतिट्यूबवेल वार्षिक २० हजार तिरेर गरिरहेका छन् भूमिगत पानीको दोहनयी १३ खानेपानी उद्योग जसले प्रतिट्यूबवेल वार्षिक २० हजार तिरेर गरिरहेका छन् भूमिगत पानीको दोहन व्यावसायिक प्रयोजनका लागि कौडीको भाउमा भूमिगत पानीको अनियन्त्रित दोहनव्यावसायिक प्रयोजनका लागि कौडीको भाउमा भूमिगत पानीको अनियन्त्रित दोहन भूमिगत पानीको अनियन्त्रित दोहन : न प्रभावको मूल्यांकन न त न्यूनीकरणको उपायभूमिगत पानीको अनियन्त्रित दोहन : न प्रभावको मूल्यांकन न त न्यूनीकरणको उपाय जलस्रोत नीतिविपरित निर्देशिका बनाएर भूमिगत पानीको दोहन जलस्रोत नीतिविपरित निर्देशिका बनाएर भूमिगत पानीको दोहन  भूमिगत पानीको अनियन्त्रित दोहन : पुनर्भरणको कानूनी व्यवस्था भएन लागु, नियामक नै मौनभूमिगत पानीको अनियन्त्रित दोहन : पुनर्भरणको कानूनी व्यवस्था भएन लागु, नियामक नै मौन भूमिगत पानीको अनधिकृत दोहन अपराध होभूमिगत पानीको अनधिकृत दोहन अपराध हो

 


प्रकाशित : बुधबार, फागुन ३ २०७९०३:२८
  • सम्बन्धित विषय:

  • # भूमिगत पानीको दोहन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend