आइतबार, जेठ ६ गते २०८१    
images
images

घरजग्गा कारोबारमा थप कडाइको नीति लिइने; कानून संशोधन गरेर सजाय तोकिँदै, खरिद बिक्रीमा आउन सक्छ संकट

images
सोमबार, फागुन १ २०७९
images
images
घरजग्गा कारोबारमा थप कडाइको नीति लिइने; कानून संशोधन गरेर सजाय तोकिँदै, खरिद बिक्रीमा आउन सक्छ संकट
images
images

काठमाडौं- सरकारले घरजग्गा कारोबारमा कडाइको नीति लिने भएको छ। अनौपचारिक पैसालाई घरजग्गा खरिद बिक्रीमार्फत बैधानिक सम्पत्ति बनाउन थालेको भन्दै सरकारले कानून संशोधन गरेर कारोबारमा कडाइको नीति लिने भएको छ।

images
images
images

सरकारले विगतदेखि नै घरजग्गा कारोबारमा कडाइको नीति लिँदै आएको छ। जसका कारण गतवर्षदेखि नै घरजग्गा कारोबार सुस्त हुँदै आएको छ। सरकारले केही नेपाल ऐन संशाेधनमार्फत 'मालपोत ऐन, २०३४' संशोधन गर्न लागेको हो। संघीय संसदमा दर्ता गरिएको संशोधन प्रस्तावमा घरजग्गा कारोबार इजाजतपत्र लिनका लागि अनिवार्य गर्न लागिएको छ। 

images

चालु आर्थिक वर्षको बजेटमै कारोबारमा इजाजतको व्यवस्था गर्ने उल्लेख गरिएता पनि कार्यन्वयनका लागि ऐन संशोधन गर्न लागिएको हो।

images
images

इजाजत प्राप्त गर्ने संस्थाले घर वा जग्गा खरिद वा बिक्री गर्ने व्याक्तिलाई परामर्श दिने वा सो विषयमा अन्य कुनै किसिमले व्यवसायिक रुपमा सेवा उपलब्ध गराउन पाउने छ। 

images
images

झट्टा विवरण पेश गरी इजाजतपत्र लिएका हदैसम्मको कारबाही हुनेगरी समेत ऐनमा संशोधन गर्न लागिएको छ। इजाजतपत्र नलिइ घर जग्गासम्बन्धी कारोबारमा पूर्ण निषेध गरिने छ। यदि कारोबार गरेमा बिगो खुलेमा बिगोअनुसार नखुलेमा १० लाखसम्म जरिवाना हुनेछ। 

के के हुँदैछ संशोधन?

ghar 1.JPG

ghar 2.JPG

ghar 3.JPG

 


प्रकाशित : सोमबार, फागुन १ २०७९१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend