बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

औद्योगिक क्षेत्र व्यवस्थापन र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक खोज्दै सरकार

सोमबार, फागुन १ २०७९
औद्योगिक क्षेत्र व्यवस्थापन र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक खोज्दै सरकार

काठमाडौं- सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक नियुक्तीका लागि आवदेन मागेको छ। नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गरी सो पदमा आवेदन माग गरेको हो।

सूचना अनुसार महाप्रवन्धक पदका लागि ३५ देखि ६५ वर्षसम्म उमेर भएकाहरुले आवेदन दिन पाउने छन्। नेपाल औषधी लिमिटेडको महाप्रवन्धकका लागि जनस्वास्थ, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यस्तै, कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने उल्लेख छ। आवेदन २१ दिनभित्र दिइसक्नु पर्ने छ। इच्छुक आवेदकले पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने पनि सूचनामा उल्लेख छ।

oo.JPG


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ।

त्यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने उल्लेख छ।

o.JPG


प्रकाशित : सोमबार, फागुन १ २०७९१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend