बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘सेजन अवार्ड’ बाट ६ जना आर्थिक पत्रकार पुरस्कृत

आइतबार, माघ २९ २०७९
‘सेजन अवार्ड’ बाट ६ जना आर्थिक पत्रकार पुरस्कृत

काठमाडौं- आर्थिक पत्रकार समाज सेजनले ६ पत्रकारलाई पुरस्कृत गरेको छ। समाजले आयोजना गरेको ‘सेजन अवार्ड’ कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका छन्। अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई सेजनले अवार्ड प्रदान गर्दै आएको छ।

अन्नपूर्ण पोष्टका ममत थापा र सुरेन्द्र काफ्लेले सेजन अवार्ड पाएका छन्। यस्तै ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टीभीका विनय बन्जराले पाएका छन्। डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका कृष्ण आचार्यलाई दिइएको छ।

सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुर प्रसाद दुलाल (माधव) र छापातर्फ टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले अवार्ड पाएका छन्। सन्जय न्यापाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौसिला कुँवरले पाएकी छन्।


प्रकाशित : आइतबार, माघ २९ २०७९१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend