बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

बुधबार, कात्तिक ३ २०७८
निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ। बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ।

फुङ्लिङ- निरन्तर वर्षाका कारण तीन दिनदेखि ताप्लेजुङमा अन्धकार भएको छ। बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो।

गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ। बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ।

ल्याण्डलाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरुद्ध भएको छ। साथै बिजुली नहुँदा स्थानीय सञ्चारमाध्यमसमेत प्रसारणमा समस्या आएको छ। इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ। मङ्गलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारसमेत समस्या भएको छ।

ताप्लेजुङमा मोबाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ। मोबाइल सेवा अवरुद्ध भएपछि जिल्ला बाहिरबाट आउने तीर्थयात्री तथा पर्यटक ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलपत्र परेका छन्।


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend