बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

शनिबार, माघ २८ २०७९
जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

'आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु', उनले भने, 'कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु।'

चितवन- सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन्। भरतपुर महानगरपालिका-१५ स्थित  आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई सम्बोधन  गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे।  

'आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु', उनले भने, 'कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु।'

फरक प्रसंगमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए। यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ-आफ्नो धारणा राखेका थिए। रासस


प्रकाशित : शनिबार, माघ २८ २०७९१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend