बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एडीबीले कोइलाबाट बिजुली बनाउने नयाँ परियोजनामा लगानी नगर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
एडीबीले कोइलाबाट बिजुली बनाउने नयाँ परियोजनामा लगानी नगर्ने 

एसिया प्रशान्त क्षेत्रमा अहिले पनि ३५ करोड जनाले विश्वसनीय र पर्याप्त उर्जा पाएका छैनन्। त्यस्तै १५ करोड जनता अजै पनि बिजुलीको पहुँचमा छैनन्। 

काठमाडौं- एसियाली विकास बैंकले अबदेखि कोइलाबाट उर्जा उत्पादन गर्ने नयाँ प्लान्टमा लगानी लगानी नगर्ने भएको छ। 

बैंकले आज पारित गरेको उर्जा नीतिले न्यून कार्वनतिरको वातावरण तयार पार्ने लक्ष्य लिएको छ। विश्वसनीय र सहज उर्जाको पहुँच विस्तार गर्नका लागि नीति सहयोगी हुने बैंकको विश्वास छ। 

'आर्थिक सामाजिक विकासको केन्द्रीय तत्त्वका रुपमा उर्जा रहेको छ। तर अहिलेको प्रणालीबाट उर्जाको विकासले गर्दा वातावरण र जलवायुमा हानिकारक प्रभाव पनि परिरहेको छ। एडबीको यो नयाँ नीतिले विकासोन्मुख सदस्य राष्ट्रहरूमा विश्वसनीय, सस्तो र सफा उर्जाको विकासमा सहयोग गर्ने छ'' एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले भनेका छन्' यो नयाँ नीतिले नयाँ कोइला पावर प्लान्टमा लगानी नगर्ने हाम्रो प्रतिबद्धतालाई बलियोसँग उठाएको छ।'

बैंकले यसअघि नै जलवायु तथा वातावरणका क्षेत्रमा सन् २०१९-२०३० को अवधिमा सय अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ। हरित उर्जा तथा विकासका लागि बैंकले विशेष ध्यान दिने प्रतिबद्धता फेरि दोहोर्‍याएको हो। 

एसिया प्रशान्त क्षेत्रमा अहिले पनि ३५ करोड जनाले विश्वसनीय र पर्याप्त उर्जा पाएका छैनन्। त्यस्तै १५ करोड जनता अजै पनि बिजुलीको पहुँचमा छैनन्। 

यो क्षेत्रमा भइरहेको तीव्र आर्थिक विकास तथा सहरीकरण विश्वसनीय र सुलभ उर्जाको माग बढ्ने छ। आवश्यक उर्जा उत्पादन तथा वितरण प्रणालीमा पनि ठूलो लगानीको आवश्यक रहेको उर्जा विशेषज्ञहरुले बताउँदै आएका छन्। अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले एसिया प्रशान्त क्षेत्रमा वार्षिक ७ प्रतिशतले उर्जा उत्पादनको माग बढ्ने प्रक्षेपण गरेको छ। सन् २०१९ मा ३ हजार ३८६ गिगावाट रहेको  यो क्षेत्रको क्षमता सन् २०३० सम्म ६ हजार ११३ गिगावाट हुने उसको प्रक्षेपण छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१२:१४
  • सम्बन्धित विषय:

  • # ADB
  • # energy
  • # green
  • # climatechangenepal
  • # coal
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend