बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालले विदेशी लगानीलाई सजिलो बनाउनुपर्छ : युएसएड प्रमुख समान्था पावर

बुधबार, माघ २५ २०७९
नेपालले विदेशी लगानीलाई सजिलो बनाउनुपर्छ : युएसएड प्रमुख समान्था पावर

काठमाडौं- नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तराष्ट्रिय सहयोग संस्था (युएसएड) की प्रशासक समान्था पावरले नेपालले विदेशी लगानीलाई सहज बनाउन आफूले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई अनुरोध गरेको बताएकी छिन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्।

'करका विषयमा रहेका समस्या समाधान गरेर तथा लगानीका क्षेत्रमा नियामकीय प्रक्रियालाई सजिलो बनाउने विषयमा मैले अनुरोध गरेँ,' उनले भनिन्।

त्यस्तै निजी क्षेत्रलाई विश्वासमा लिनु आवश्यक रहेको पनि उनले बताइन्। नेपालको विकास लक्ष्यलाई सहयोग गर्ने र २०३० सम्म मध्यम आय भएको मुलुक बनाउन अमेरिकाले सघाउने पनि उनले बताइन्।

कृषि र पर्यटनमा नेपालको सम्भावना रहेको बताऊदै उनले नेपाललाई प्रतिस्पर्धी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। 

नेपालको प्रजातान्त्रिक प्रणालीलाई बलियो बनाउन थप ६ करोड डलर सहयोग गर्ने जानकारी पनि आफूले गराएको उनले बताइन्।

'हामी संस्थाहरूलाई बलियो बनाउन लगानी गर्छौं र त्यो नै सबैभन्दा प्रभावकारी भएको छ,' उनले भनिन्, 'नेपाल र अमेरिकाको सम्बन्धको लम्बाइ उचाइ तथा गहिराइ मित्रता र नेपाली जनताको हित मात्र हो।' अमेरिकाको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ नभएको पनि उनले बताइन्।

'नेपालमा भएको सहयो कुनै भूराजनीतिक कुराको उपज होइन, नेपाल र अमेरिकाको मित्रता परिणाम हो', उनले बताइन्।


प्रकाशित : बुधबार, माघ २५ २०७९१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend