बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्लोभाकिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार ठगी गर्ने पक्राउ 

बुधबार, माघ २५ २०७९
स्लोभाकिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार ठगी गर्ने पक्राउ 

काठमाडौं- वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भइ काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाइदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २५ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend