बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सम्झौता

बुधबार, माघ २५ २०७९
आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सम्झौता

काठमाडौं- आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने गरी सम्झौता भएको छ।

सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका थिए।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने छन्।


प्रकाशित : बुधबार, माघ २५ २०७९०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend