मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

बाढीले कर्णालीमा निर्माणाधीन पुलको सामान बगायो

images
बुधबार, कात्तिक ३ २०७८
images
images
बाढीले कर्णालीमा निर्माणाधीन पुलको सामान बगायो

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो। बाढीले क्रेन भने डुबाएको छ।

images
images

कर्णाली- कर्णाली नदीमा आएको बाढीले सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका-१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो। 

images
images
images

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो। बाढीले क्रेन भने डुबाएको छ। बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो। 

images
images

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ। प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो। त्यस्तै, अविरलको वर्षाले सुर्खेत-जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ-ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।

images
images
images


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend