शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपले सेयर बजारमा कस्तो प्रभाव पार्ला?

images
बुधबार, कात्तिक ३ २०७८
images
images
ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपले सेयर बजारमा कस्तो प्रभाव पार्ला?

नेपाल राष्ट्र बैंकले अस्वभाविक रुपमा ब्याजदर बढाउने बैंकहरुलाई अंकुश लगाएको छ। मनलाग्दी ब्याजदर बढाइरहेका बैंकहरुले अबदेखि एक महिनामा बढिमा १० प्रतिशतका दरले मात्रै ब्याजदर बढाउन पाउने भएका छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले अस्वभाविक रुपमा ब्याजदर बढाउने बैंकहरुलाई अंकुश लगाएको छ। मनलाग्दी ब्याजदर बढाइरहेका बैंकहरुले अवदेखि एक महिनामा बढीमा १० प्रतिशतका दरले मात्रै ब्याजदर बढाउन पाउने भएका छन्।

images
images
images

ब्याजदरका कारण आक्रान्त बनिरहेको सेयर बजारलाई राष्ट्र बैंकको यस कदमले केहि हदसम्म राहात दिन सक्ने विश्लेषकहरु बताउछन्। अस्वभाविक रुपमा ब्याजदर बढाउन नपाउने राष्ट्र बैंकको निर्देशनले तरलतामा प्रभाव पार्दैन । अहिलेको समस्या बैंकको ब्याजदर भन्दा पनि बैंक वित्तीय संस्थामा देखिएको तरलता अभाव हो । तरलता अभावको समस्या समाधान हुने अवस्था छैन। 

images
images

सरकारले तत्काल खर्च गर्न सक्ने अवस्था छैन। अर्को तर्फ कार्तिक महिना पछि बैंक वित्तीय संस्थाहरुमा कर्जाको अत्याधिक माग आउछ। कर्जाको माग अनुसार लगानी गर्न नपाउने वित्तीकै बैंकहरुले महंगोदरमा निक्षेप उठाएर भए पनि कर्जा प्रवाह गर्न खोज्छन्। यसले गर्दा आगामी दिनमा तरलता अभाव थप चुलिने निश्चित छ। एक महिनामा १० प्रतिशतले मात्रै ब्याजदर बढाउन पाउने व्यवस्थाले अवका हरेक महिनामा १० प्रतिशतका दरले बढ्दै जाने निश्चित छ। 

images
images
images

अबको केही समय बैंकहरुको ब्याजदर लगातार बढ्ने संकेत सँगै दसैँपछिको माहोल कुरिरहेका लगानीकर्ताहरु पनि सेयर बिक्री गरेर बाहिरिएका छन्।

पोर्टफेलियोमा नाफा देखिएका लगानीकर्ताले गएको दुई दिनमा सेयर बिक्री गरेर बाहिरिएका हुन्। असोज ३१ गते नेप्से सूचक केहि सुधार देखिए पनि कार्तिक एक र दुई गते भारी अंकले तल झर्दा उनिहरुले सेयर बिक्री गरेका हुन्। खरिद गर्ने भन्दा पनि बिक्री गरेर बाहिरिनेको संख्या बढ्दा बजार थप तल झर्ने संकेत देखिएको छ। 

घट्दो बजारमा कसैले पनि लगानी गर्दैनन्। ठुला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्। अर्थतन्त्र सिथिल छ। यस कारणले बजार अझै सुधार हुने संकेत देखिदैन। बैंकहरुका कर्जाको माग अत्याधिक छ। तर माग अनुसार निक्षेप बढ्ने आधार छैन।

रेमिट्यान्स घट्दो क्रममा छ। सरकारले बजेट खर्च गर्न सकेको छैन। पर्यटन क्षेत्र सिथिल छ। कर्जा उठ्ने सम्भावना छैन। कर्जा नउठ्ने वित्तीकै रिफाइनान्स तथा पुनर्तालिकिकरणका कारण कर्जा प्रभाव धेरै देखिन्छ। 

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४ वटा बाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ। गत असार मसान्तको तुलनामा बैंकहरुको निक्षेप घटेको छ तर कर्जा लगानी भने बढेको छ। जसले गर्दा सिडी रेसियो टाइट हुँदै गइरहेको छ।

बैंकिङ प्रणालीमा निर्भर नेपालको शेयर बजार बैंकका सामान्य गतिविधिले पेनिक हुने गरेको छ। अहिलेको अन्योलता समाधान हुने संकेत नदेखिए सम्म सेयर बजार सुधार हुने देखिँदैन।  


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०३:०३
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # share
  • # nepse
  • # market


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend