बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : चन्द्रप्रसाद ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २४ २०७९
सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : चन्द्रप्रसाद ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।

मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरे।

उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए। उनले नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताए। उनले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था रहेको बताए।

उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपाल आईटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको छ। कतिपय प्रोडक्टहरु नेपाली प्रोडेक्टहरु जो नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरुले हामी विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरु कमी छ भन्ने मलाई लाग्दैन। हाम्रो जीवनमा आउनेसक्ने टेक्नोलोजीको हिसावले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटि नदिएको हो की भन्ने मलाई लाग्छ। नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिनसक्ने भन्ने किसिमको नीति रहेको छ। त्यही अनुरुप सरकारले टेक्नोलोजी उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर टेक्नोलोजीलाई हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए।


प्रकाशित : मंगलबार, माघ २४ २०७९०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend