मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

चीनले नेपाललाई थप २० लाख कोभिड खोप दिने, तातोपानी र रसुवागढी नाका सहज बनाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
images
चीनले नेपाललाई थप २० लाख कोभिड खोप दिने,  तातोपानी र रसुवागढी नाका सहज बनाउने

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन्।

images
images

काठमाडौं- चीनले नेपाललाई थप २० लाख मात्रा कोभिड खोप अनुदान दिने भएको छ। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन संवादमार्फत खोप दिने जानकारी प्राप्त भएको हो।

images
images
images

करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ।

images
images

कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो। तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
     
साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ। सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। रासस

images
images


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend