बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

मंगलबार, कात्तिक २ २०७८
मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए। 

जाजरकोट- प्रतिकूल मौसमका कारण स्थल मार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ। 

निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए। 

मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले जनाएको छ। 

अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन्। स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइँ शे फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन्। दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए।

यो मौसम डोल्पा घुम्नका लागि सबैभन्दा उत्कृष्ट रहेको उनले बताए। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका अनुसार दिनमा १०० भन्दा बढी पर्यटक फोक्सुण्डो तालतिर जाने गरेका छन्। मङ्सिरदेखि हिमपात सुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयुक्त समय मानिन्छ। पछिल्लो समय पर्यटन क्षेत्रलाई ध्यानमा राखेर डोल्पामा सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो रहेको पत्रकार रामचन्द्र न्यौपानेले बताए। हवाई मार्ग भन्दास्थल मार्ग हुँदै डोल्पा जानेको सङ्ख्या बढी रहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend