शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मुगुमा खाद्यान्न न्यून उत्पादन, उत्पादनले चार महिना मात्र धान्छ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १८ २०७९
मुगुमा खाद्यान्न न्यून उत्पादन, उत्पादनले चार महिना मात्र धान्छ

प्रमुख बाली कोदो चार हजार चार सय ८० हेक्टरमा, धान चार हजार दुई सय ७७ हेक्टरमा, गहुँ एक हजार आठ सय ५० हेक्टरमा र मकै एक हजार दुई सय २२ हेक्टरमा लगाउने गरेको तथ्याङ्क छ।

मुगु- मुगुमा ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेपनि न्यून मात्रामा खाद्यान्न उत्पादन हुने गरेको छ। मुगुका बासिन्दा परम्परागत कृषि पेसामा निर्भर छन्। जिल्लामा उत्पादन भएको अन्नले चार महिना खान पनि मुश्किलले पुग्ने अवस्था छ।

छायानाथ रारा नगरपालिका-५ का हरिबहादुर बुढा बाली लगाए वर्षको एक पटक मात्र उत्पादन हुने बताउँछन्। 'एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन। बारीको उत्पादनले चार/पाँच महिनासम्म खाना पुग्छ, परिवार पाल्न धौधो पर्छ', उनले भने। सात महिनाभन्दा बढी समय बजारको चामल खरिद गरेर खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

पर्याप्त पौष्टिक आहारको कमीका कारण ३० वर्षकै कलिलो उमेरमा अधिकांश युवाका मुहारमा चाउरीपन देखिन्छ। जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १६ हजार एक सय ६५ हेक्टर खेतीयोग्य जमिन छ। हाल कृषकले ११ हजार चार सय ६१ हेक्टरमा खेती गरिरहेका छन्। छ हजार आठ सय ७६ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। 

प्रमुख बाली कोदो चार हजार चार सय ८० हेक्टरमा, धान चार हजार दुई सय ७७ हेक्टरमा, गहुँ एक हजार आठ सय ५० हेक्टरमा र मकै एक हजार दुई सय २२ हेक्टरमा लगाउने गरेको तथ्याङ्क छ। धान तीन  हजार आठ सय ८३  मेट्रिकटन, कोदो दुई हजार छ सय २२ मेट्रिकटन, मकै एक हजार आठ सय ५२ मेट्रिकटन, गहुँ एक हजार चार सय २५ मेट्रिकटन, जौ सात सय ३७ मेट्रिकटन र फापर दुई सय २८ मेट्रिकटन उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

उद्योग वाणिज्य सङ्घका अनुसार हरेक वर्ष गमगढी बजारमा झण्डै सात हजार क्विन्टल चामल खरिद बिक्री हुने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढीबाट आर्थिक वर्ष २०७७/७८ मा आठ हजार १४६ क्विन्टल र आव २०७८/७९ मा १८ हजार तीन सय २२ क्विन्टल चामल बिक्री भएको छ। रासस


प्रकाशित : बुधबार, माघ १८ २०७९०४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend