शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ग्यालेक्सी 'एस ट्वान्टी थ्री' सिरिजका स्मार्टफोन आज सार्वजनिक गर्दै सामसङ 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १८ २०७९
ग्यालेक्सी 'एस ट्वान्टी थ्री' सिरिजका स्मार्टफोन आज सार्वजनिक गर्दै सामसङ 

सामसङले नयाँ सिरिजका स्मार्टफोन सार्वजनिक गरेसँगै नेपाली बजारमा पनि बुकिङ खुल्ने अनुमान गरिएको छ। बुकिङ खुलेपछि नेपाली बजारमा डेलिभरी मिति तय हुनेछ। 

काठमाडौं- दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आज फ्ल्यागसिप फोन, ल्यापटप सार्वजनिक गर्दैछ। 

ग्यालेक्सी अनप्याक्ड नामको वार्षिक कार्यक्रम मार्फत् सामसङले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्दैछ। नेपाली समयअनुसार रातिको ११:४५ मा सुरू हुने यो कार्यक्रममा सामसङको 'ग्यालेक्सी एस ट्वान्टीथ्री' सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। 

सामसङ ग्यालेक्सी 'एस ट्वान्टी थ्री' का विभिन्न मोडल सार्वजनिक गर्ने कम्पनीको तयारी छ। 
 
सामसङ ग्यालेक्सी 'एस ट्वान्टी थ्री' सिरिजका स्मार्टफोनहरू स्‍न्यापड्रागन ८ जेन २ चिपमा आधारित रहेका छन्। यसको प्रोसेसर अझै तीव्र हुने विश्वास गरिएको छ। 

'एस ट्वान्टी टू' सिरिजका फोनमा जुम क्यामेरा चर्चित थियो। 'एस ट्वान्टी थ्री' सिरिजमा पनि क्यामेरा केन्द्रीत हुने अनुमान गरिएको छ।  अहिलेको तुलनामा विशेषगरि क्यामेरामा ठूलो अपग्रेड हुने भएको छ। 

यसअघि सामसङ चाइनाले सार्वजनिक गरेको ग्यालेक्सी एस ट्वान्टीथ्रीको ट्रेलर भिडियोमा क्यामेरा तथा फोटोग्राफीलाई विशेष फोकस गरिएको छ। 

सामसङ चाइनाले दुईवटा भिडियो सार्वजनिक गरेको छ जसमा क्यामेरा र फोटोग्राफी केन्द्रीत छन्। पहिलो भिडियोमा रेजुलोसनलाई केन्द्रीत गरिएको छ। ग्यालेक्सी एस ट्वान्टीटूको तुलनामा धेरै मेगापिक्सेलको क्यामेरा सेन्सर हुनेतर्फ संकेत गरिएको छ। ग्यालेक्सी एस ट्वान्टीटूमा १०८ मेगापिक्सेलको प्राइमेरी सेन्सर रहेको छ। ग्यालेक्सी एस ट्वान्टीथ्रीमा भने २०० मेगापिक्सेलको हुने अनुमान पहिलेदेखि गरिएको थियो। 

त्यस्तै क्यामेरा अपग्रेड नै चासोको विषय भएकाले योसँगै फोटोग्राफी फिचर्समा पनि अपग्रेडको अनुमान गरिएको छ। सार्वजनिक भिडियोमा न्यून प्रकाशन भएको ठाउँमा पनि उच्च गुणस्तरको तस्बिर फिचर्स हुने छ। 

'लो लाइट फोटोग्राफी' मा सामसङले ग्यालेक्सी एस ट्वान्टीथ्रीमा विशेष काम गरिएको बुझ्न सकिन्छ। सामसङको अनप्याक्ड इभेन्ट युटुब च्यानलमा हेर्न सकिन्छ। 

सामसङले नयाँ सिरिजका स्मार्टफोन सार्वजनिक गरेसँगै नेपाली बजारमा पनि बुकिङ खुल्ने अनुमान गरिएको छ। बुकिङ खुलेपछि नेपाली बजारमा डेलिभरी मिति तय हुनेछ। 


प्रकाशित : बुधबार, माघ १८ २०७९०४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend