बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोजगारी गुमाएकालाई १० हजार बाँड्ने जनार्दनको योजना - कुन स्थानीय तहका कति जनाले पाउँछन् (सूचीसहित)

मंगलबार, कात्तिक २ २०७८
रोजगारी गुमाएकालाई १० हजार बाँड्ने जनार्दनको योजना - कुन स्थानीय तहका कति जनाले पाउँछन् (सूचीसहित)

दसैँ अघि नै भत्ता बाँड्न खोजेका थिए। तर मन्त्रिपरिषद्ले भत्ता बाँड्ने कार्यविधि स्वीकृत नगरिदिए पछि उनको योजना अघि बढ्न सकेन। 

काठमाडौं- कोभिड १९ का कारण रोजगारी गुमाएका र आफ्ना स्वरोजगार व्यवसाय पनि बन्द हुने अवस्थामा पुगेका परिवारलाई १० हजार रुपैयाँका दरले भत्ता दिने घोषणा सरकारले गर्‍यो। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत गरेको यो घोषणा अझै कार्यान्वयन भने भएको छैन। 

दसैँ अघि नै भत्ता बाँड्न खोजेका थिए। तर मन्त्रिपरिषद्ले भत्ता बाँड्ने कार्यविधि स्वीकृत नगरिदिए पछि उनको योजना अघि बढ्न सकेन। 

मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी रहेको कार्यविधिमा कुन स्थानीय तहमा कति परिवारलाई भत्ता दिने भनेर तोकिएको छ। बिजनेसन्यूजलाई प्राप्त सूचीअनुसार सबैभन्दा थोरै मनाङको नार्पाभूमि गाउँपालिकाका प्रभावितले पाउनेछन्। यो गाउँपालिकामा ११ परिवारलाई मात्रै रकम बाँड्ने उल्लेख गरिएको छ। 

सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा १६ हजार २ सय ७० परिवारलाई रकम बाँड्ने कार्यविधिमा उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षको विनियोजन अध्यादेशको प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यो योजना अघि बढाएका थिए। सरकारले करिब ५ लाख परिवारलाई यो रकम बाँड्ने योजना बनाएको छ।

कार्यविधि पास हुनासाथ बैंक खाता खुलेका परिवारका सदस्यको नाममा प्रक्रिया पूरा गरी अनुदान पठाउने तयारी थियो। सरकारले घोषणा गरेको यो कार्यक्रममा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान समेत गरिएको छ। 

मतदाता रिझाउन ढुकुटीमा भ्वाङ

कार्यकर्ता पोस्न ल्याइएको '१० हजार वितरण कार्यक्रम' रोकियो,अर्थमन्त्रीले पेश गरेको कार्यविधि नै अस्वीकृत


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend