बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फेरि मोटरसाइकलमा सवार दुवैलाई हेल्मेट अनिवार्य!

मंगलबार, माघ १७ २०७९
फेरि मोटरसाइकलमा सवार दुवैलाई हेल्मेट अनिवार्य!

काठमाडौं- सरकारले मोटरसाइकलमा सवार  दुवै यात्रुलाई हेल्मेट अनिवार्य गर्ने गरी गृहकार्य थालेको छ। सोही विषयलाई लिएर अहिले छलफल सुरु भएको छ।

मोटरसाइकलमा सवार  दुवै यात्रुलाई हेल्मेट अनिवार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल सुरु गरेको छ। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठसँगको छलफलमा सरोकारवालाहरुले मोटरसाइकलमा सवार  दुवै जना यात्रुले हेल्मेट अनिवार्य गर्न सुझाव दिएका छन्।

मन्त्री श्रेष्ठलाई यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुईपांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका हुन्। मंगलबार मन्त्रालयको छलफलमा ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

तर यो व्यवस्था पहिले पनि लागु गरिएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता गरेका हुन्। 


प्रकाशित : मंगलबार, माघ १७ २०७९१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend