बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सातै प्रदेशमा रोजगार मेला हुने

मंगलबार, माघ १७ २०७९
सातै प्रदेशमा रोजगार मेला हुने

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा रोजगारदातालाई सहज हुने गरी सातै प्रदेशमा रोजगार मेला गर्ने भएको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमिक र रोजगारदाताको बीच पुलको काम गर्नेगरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्ने तयारी भएको बताए।

यसबाट रोजगारदाताले आफूलाई चाहिने श्रमिक खोज्ने र श्रमिकले आफूले गर्नसक्ने काम खोज्ने थलो बनाउने गरी मेलाको तयारी भएको उनले बताए।

साथै मन्त्रालयले रोजगार बैंक पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए। रोजगार बैंकमा रोजगारदाताले आफूलाई चाहिएको श्रमिक खोज्ने र श्रमिकले पनि काम खोज्नसक्ने उनले बताए।


प्रकाशित : मंगलबार, माघ १७ २०७९११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend