बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

श्रमिक ठगीको उजुरी अध्ययन गर्दै ग्रेडिङ गर्ने काम सुरु भएको छ : श्रममन्त्री अर्याल

मंगलबार, माघ १७ २०७९
श्रमिक ठगीको उजुरी अध्ययन गर्दै ग्रेडिङ गर्ने काम सुरु भएको छ : श्रममन्त्री अर्याल

व्यक्तिगत ठगीको हकमा पनि विभिन्न सरोकारवाला निकायसँगको छलफल गरेर काम गर्ने मन्त्री अर्यालले बताए। संस्थागत ठगीभन्दा व्यक्तिगत ठगी बढी रहेकोसमेत उनले स्वीकार गरे।

काठमाडौं- म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगिएको विषयमा परेका उजुरीमा छलफल भइरहेको श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन्।

श्रमिक ठगीको उजुरी दुई प्रकारबाट आउने गरेको छ। श्रमिकहरू ठगिएको विषयमा एउटा संस्थागत ठगी (म्यानपावर मार्फत हुने ठगी) र व्यक्तिगत ठगी भनेर उजुरी आउने गरेको छ।

संस्थागत ठगीको विषयमा समस्या समाधान गर्न जति सहज छ त्यस्तो सहजता व्यक्तिगत ठगीको हकमा नरहेको मन्त्री अर्यालले बताए।

अहिले संस्थागत ठगीको विषयमा परेको उजुरीको अध्ययन भइरहेको र ग्रेडिङको काम भइरहेको उनले बताए। श्रमिकलाई ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय तथा मन्त्रीले कुनै कमजोरी हुन नदिने मन्त्री अर्यालले बताए।

व्यक्तिगत ठगीको हकमा पनि विभिन्न सरोकारवाला निकायसँगको छलफल गरेर काम गर्ने उनले बताए। संस्थागत ठगीभन्दा व्यक्तिगत ठगी बढी रहेकोसमेत मन्त्री अर्यालले स्वीकार गरे।


प्रकाशित : मंगलबार, माघ १७ २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend