बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या समाधानका लागि 'श्रमाधान'

२४ घण्टा नै सेवा सञ्चालनमा रहने, मोबाइल एप ६ महिनाभित्रै आउने

मंगलबार, माघ १७ २०७९
वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या समाधानका लागि 'श्रमाधान'

'बजेट अभावमा यो कार्यक्रम रोकिँदैन, थप बजेट माग गर्नुपर्ने अवस्था पनि छैन भएकै बजेटमार्फत काम हुनसक्छ'

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या समाधानका लागि 'श्रमाधान' सेवाको सुरुवात गरेको छ। श्रमिकहरूको समस्या समाधानका लागि 'श्रमाधान' सेवा सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।

श्रममन्त्री डोलप्रसाद अर्यालले यसको सुरवात गरेका हुन्। यसबाट नै श्रमिकले आफ्नो समस्या र गुनासो दर्ज गर्न पाउने छन्। यसबाट आएको समस्या समाधानका लागि सम्बन्धित निकायमा पठाउनेसमेत मन्त्री अर्यालले जानकारी दिए।

टेलिफोन, विभिन्न सामाजिक सञ्जाल र मोबाइल एप्लिकेशनमार्फत समेत श्रमिकहरूले आफूलाई परेको समस्याको जानकारी दिनसक्ने गरी तयारी गरिएको मन्त्री अर्यालले जानकारी दिए। 

'श्रमिकहरूको समस्या समाधानका लागि सहज रुपमा काम गर्नेगरी सुरुवात गरिएको हो। विश्वभर रहेका नेपाली श्रमिकहरूले यसबारे जानकारी पाउन् भन्ने हाम्रो उद्देश्य रहेको छ। अन्य सेवा आजकै मितिदेखि सुरु भइसकेको छ, मोबाइल एप्लिकेसन पनि ६ महिनाभित्र सुरु हुनेछ' श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भने। 

यसका लागि मन्त्रालयमा भएकै बजेटमार्फत काम हुने र थप खर्चको जोहो गर्ने अप्ठ्यारो नरहेको पनि मन्त्री अर्यालले जानकारी दिए। 'बजेट अभावमा यो कार्यक्रम रोकिँदैन, थप बजेट माग गर्नुपर्ने अवस्था पनि छैन भएकै बजेटमार्फत काम हुनसक्छ' उनले भने। 


प्रकाशित : मंगलबार, माघ १७ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend