शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कमजोर साइबर सुरक्षाप्रति अमेरिकी चासो, नेपाललाई सहयोग गर्न तयार रहेको उपविदेशमन्त्रीको प्रतिबद्धता 

मंगलबार, माघ १७ २०७९
कमजोर साइबर सुरक्षाप्रति अमेरिकी चासो, नेपाललाई सहयोग गर्न तयार रहेको उपविदेशमन्त्रीको प्रतिबद्धता 

सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपालको साइबर सुरक्षाको अवस्थाका बारेमा आफूले शनिबारको घटना सुनेको बताएकी हुन्। 

काठमाडौं- नेपालको कमजोर साइबर सुरक्षाप्रति सयुक्तराज्य अमेरिकाले चासो दिएको छ। शनिबार नेपालको सरकारी वेबसाइट व्यवस्थान गरिएको सर्भरमा समस्या आएको थियो। 

शनिबार मात्र भएको यस्तो घटनाको बारेमा आफू जानकार रहेको नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले बताएकी छन्। 

सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपालको साइबर सुरक्षाको अवस्थाका बारेमा आफूले शनिबारको घटना सुनेको बताएकी हुन्। 

नुल्यान्डले नेपालको साइबर सुरक्षामा सघाउन अमेरिका इच्छुक रहेको बताईन्। उनले भखरै नेपालका सरकारी वेबसाइटहरूमा साइबर आक्रमण भएको घटना सुनेको औँल्याउँदै प्राविधिक सहयोगमार्फत साइबर सुरक्षामा अमेरिकाले सघाउन सक्ने बताईन्। 

अमेरिकाले अन्य मुलुकहरूसँग पनि सहकार्य गरिरहेको र नेपाललाई पनि सहयोग गर्न तयार रहेको बताइन्। 

प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend