शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

च्याटजीपीटी जस्तै सुविधा ल्याउँदै चिनियाँ सर्च जायन्ट बैदु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १६ २०७९
च्याटजीपीटी जस्तै  सुविधा ल्याउँदै चिनियाँ सर्च जायन्ट बैदु

बाँकी विश्वमा विकसित भएका प्रविधिलाई चिनियाँ कम्पनीहरूले कपी गर्दै आएको पश्चिमा मुलुकहरूले आरोप लगाउँदै आएका छन्।

काठमाडौं- चिनियाँ सर्ज इन्जिन बैदुले च्याटजीपीटीको जस्तै आर्टीफिसियल बोट सेवा ल्याउने भएको छ। ओपन एआईले विकास गरेको च्याटजीपीटीले अहिले प्रविधिको दुनियाँमा तहल्का मच्चाइरहेको छ। 

चीनमा गुगलको जस्तै सेवा दिने बैदुले च्याटजीपीटीको जस्तै बोट सुविधा सार्वजनिक गर्ने तयारी गरेको छ। मार्चसम्म यस्तै सेवा ल्याउने तयारी कम्पनीले गरिरहेको ब्लूमबर्गले समाचार प्रकाशित गरेको छ। 

अहिले विश्वमा च्याटजीपीटी लोकप्रिय भइरहेको छ। चीनको सबैभन्दा ठूलो सर्च इन्जिन बैदुले पनि यस्तै सेवा ल्याउन लागेको हो। यो समाचार प्रकाशित भएपछि बैदुको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको थियो। 

बाँकी विश्वमा विकसित भएका प्रविधिलाई चिनियाँ कम्पनीहरूले कपी गर्दै आएको पश्चिमा मुलुकहरूले आरोप लगाउँदै आएका छन्। बाँकी विश्वमा प्रचलित प्रविधि र शैलीलाई कपी गर्दै चिनियाँ कम्पनीले वस्तु तथा सेवा बजारमा ल्याउँदै आएका छन्। 

चीन बाहिरका समाजिक सञ्जाल, सर्च इन्जिन प्रतिबन्ध लगाएको चीनले देशभित्रकै कम्पनीको सेवालाई नियन्त्रित रुपमा प्रयोगमा ल्याउँछ। बैदु आफै चीनको गुगल भनेर चिनिन्छ। 

 


प्रकाशित : सोमबार, माघ १६ २०७९०४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend