बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यी हुन् विदेशी लगानी खुला नगरिएका क्षेत्रहरू

आइतबार, माघ १५ २०७९
यी हुन् विदेशी लगानी खुला नगरिएका क्षेत्रहरू

काठमाडौं- नेपालमा सयौँ क्षेत्रमा विदेशी लगानी गर्न खुला गरेको धेरै भयो। तर केही यस्ता क्षेत्र छन् जहाँ विदेशी लगानी गर्न पाइँदैन।

नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (२) सँग सम्बन्धित अनुसूचीमा उल्लिखित क्षेत्रहरूमा विदेशी लगानी गर्न पाइँदैन। 

देहायबमोजिमका उद्योग वा व्यवसायहरूमा विदेशी लगानी खुला गरिएको छैन - 

१) पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्धव्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्र लघु तथा घरेलु उद्यम

२) व्यक्तिगत सेवा व्यवसाय जस्तैः कपाल काट्ने, सिलाई, ड्राइभिङ्ग आदि

३) हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा बिस्फोटक पदार्थ तथा न्यूक्लियर बायोलोजिकल तथा केमिकल (एन.बि.सी) उत्पादन गर्ने उद्योग, आणविक शक्ति (एटोमिक इनर्जी), विकिरणजन्य सामग्री (रेडियोएक्टिभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योग

४) घरजग्गा खरीद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेकं), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ्ग सेवा, मनिचेञ्जर, रेमिटेन्स सेवा

५) पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शक, होमस्टे लगायतका ग्रामिण पर्यटन

६) आमसञ्चारका माध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय

७) व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानूनी परामर्श सेवा र भाषा तालिम, संगीत तालिम, कम्प्युटर तालिम

८) एकाउन्न प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरू


प्रकाशित : आइतबार, माघ १५ २०७९०३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend