शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चार घण्टापछि समाधान भयो सरकारी वेबसाइटमा देखिएको समस्या 

शनिबार, माघ १४ २०७९
चार  घण्टापछि समाधान भयो सरकारी वेबसाइटमा देखिएको समस्या 

फायरवालमा समस्या देखिएको र अहिले त्यसको समाधान भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रमुख प्रदीप शर्माले जानकारी दिए। 

काठमाडौं-  सरकारी वेबसाइटमा देखिएको समस्या चार घण्टापछि समाधान भएको छ। 

दिउसो १ बजेदेखि सरकारी वेबसाइटमा समस्या देखिँदा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नै प्रभावित भएको थियो। अध्यागमन विभागको सर्भर डाउन हुँदा यात्रुको बिचल्ली भएको थियो। 

फायरवालमा समस्या देखिएको र अहिले त्यसको समाधान भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रमुख प्रदीप शर्माले जानकारी दिए। 

'हामीले अहिले सबै समस्या समाधान गरेका छौं। सबै सेवा पूर्ववत अवस्थामा सञ्चालन भएका छन्' शर्माले भने। 

समस्या समाधान नहुँदा आधा घण्टा पहिले अध्यागमनले म्यानुअल विधिबाट काम सुरु गरेको थियो। 

प्रकाशित : शनिबार, माघ १४ २०७९१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend