शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

धान चामलको आयात घट्यो, मकैको बढ्यो 

छ महिनामा ३४ प्रतिशत घट्यो  खाद्यन्नको आयात 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
धान चामलको आयात घट्यो, मकैको बढ्यो 

गत वर्षको छ महिनामा २७ अर्बको धान चामल आयात भएको थियो। जुन यो वर्षको छ महिनामा १८ अर्ब रुपैयाँको आयात भएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा खाद्यन्नको आयात घटेको छ। 

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म विदेशबाट आयात हुने खाद्यन्न गत वर्षको तुलनामा घटेको छ। 

विभाग अनुसार यो वर्ष २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यन्न आयात भएको छ। गत वर्षको यही अवधिमा ४२ अर्ब ७२ करोड रुपैयाँको खाद्यन्न आयात भएको थियो। 

यो वर्ष सबैभन्दा धेरै धान चामलको आयात घटेको छ। गत वर्षको तुलनामा सबैभन्दा धेरै धान चामलको आयात घटेको छ। अर्थात् गत वर्षको तुलनामा यो वर्ष ९ अर्ब न्यून आयात भएको छ। 

गत वर्षको छ महिनामा २७ अर्बको धान चामल आयात भएको थियो। जुन यो वर्षको छ महिनामा १८ अर्ब रुपैयाँको आयात भएको छ। 

धानसँगै गहुँको आयात पनि यो वर्ष घटेको छ। गहुँ तथा जौँको आयात गत वर्षको तुलनामा यो वर्ष घटेको छ। 

तर यो वर्ष मकैको आयात भने बढेको छ। गत वर्षको तुलनामा यो वर्ष मकैको आयात परिमाणमै उच्च वृद्धि भएको छ। गत वर्ष २० करोड किलो मकै आयात भएकोमा यो वर्ष ३२ करवड किलो आयात भएको छ। त्यस्तै गत वर्ष ८ अर्बको आयात भएकोमा यो वर्ष १० अर्बको आयात भएको छ। 

 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend