शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मर्कन्टाइलको पुमरी शाखा र  इन्फोडेभलपर्सबीच मर्जर 

बुधबार, माघ ११ २०७९
मर्कन्टाइलको पुमरी शाखा र  इन्फोडेभलपर्सबीच मर्जर 

नयाँ कम्पनीको अध्यक्षमा मर्कन्टाइलको तर्फबाट सञ्जिब राजभण्डारी नियुक्त भएका छन्। त्यस्तै सीईओमा उमेश रघुवंशी नियुक्त भएका छन्। 

काठमाडौं- सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबदेखि  मर्कन्टाइलको  अफिस सिस्टम्स प्रालिको पुमरी आफ्नो मातहतमा लिएको छ। 

मर्कन्टाइलको पुमरी शाखा र इन्फोडेभलपर्सबीच मर्ज भएर नयाँ कम्पनी बनेको छ। दुई कम्पनीबीचको सम्झौतामा नयाँ कम्पनी सञ्चालनमा आएको छ। 

मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।

नेपालको अफिस व्यवस्थापन प्रणालीमा पायोनियर मानिएको पुमरीको व्यवस्थापन इन्फोडेभलपर्सले लिएसँगै अबदेखि नयाँ अध्याय सुरु भएको दुबै कम्पनीले दाबी गरेका छन्। 

नयाँ कम्पनीको अध्यक्षमा मर्कन्टाइलको तर्फबाट सञ्जिब राजभण्डारी नियुक्त भएका छन्। त्यस्तै सीईओमा उमेश रघुवंशी नियुक्त भएका छन्। 

इन्फोडेभलपर्सले नेपालमा सहकारी, लघुवित्ति तथा वित्तीय संस्थाको प्रणाली विकास गर्दै आएको थियो। भारत तथा भुटानमा पनि आफ्नो सेवा प्रवाह गरिरहेको इन्फोडेभलपर्सले पुमरीसँगको मर्जसँगै आफ्नै प्रणाली विकासमा थप दक्षता विकास हुने दाबी गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रघुवंसीले यो कम्पनीले नेपालका लागि नेपालीमै बौद्धिक सम्पत्तिको अधिकार रहेका प्रणाली विकास गर्ने प्रतिबद्धतता जनाएका छन्। 

कम्पनीका राजभण्डारीले नयाँ बनेको कम्पनी नेपालको सबैभन्दा धेरै बौद्धिक सम्पत्ति रहेको कम्पनी हुने जानकारी दिए। 


प्रकाशित : बुधबार, माघ ११ २०७९१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend