बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६ महिनामा भित्रियो झण्डै दुई करोड वटा कन्डम, बाहिरियो १० करोड १२ लाख रुपैयाँ

मंगलबार, माघ १० २०७९
६ महिनामा भित्रियो झण्डै दुई करोड वटा कन्डम, बाहिरियो १० करोड १२ लाख रुपैयाँ

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुस मसान्तसम्ममा नेपालले झण्डै २ करोड वटा कन्डम आयात गरेको छ।

भन्सार विभागका अनुसार ६ महिनामा १ करोड ९१ लाख ७९ हजार ८ सय ७० वटा कन्डम विश्वका पाँच देशबाट नेपाल भित्रिएको छ।

जसमा सबैभन्दा बढी भारतबाट मात्रै १ करोड ८५ लाख ३३ हजार ९ सय १५ वटा कन्डम आयात भएको छ।

दोस्रो बढी आयात दक्षिण कोरियाबाट ४ लाख २३ हजार ३ सय ६ वटा र तेस्रो बढी थाइल्याण्डबाट १ लाख २० हजार ९ सय ७० वटा कन्डम नेपाल भित्रिएको छ।

यसैगरी चीनबाट १ लाख १ हजार ५ सय ६१ वटा र अमेरिकाबाट ६४ वटा कन्डम आयात भएको छ।

यसरी आयात भएको कन्डममा नेपालबाट १० करोड १२ लाख ३१ हजार रुपैयाँ बाहिरिएको छ। कन्डम आयातबाट राज्यले कुनै पनि राजस्व भने पाउने छैन। कन्डम आयातमा सबै प्रकार कर शून्य रहेको छ।


प्रकाशित : मंगलबार, माघ १० २०७९०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend