शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने

images
शुक्रबार, माघ ६ २०७९
images
एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने
images
images

काठमाडौं-एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दैछ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ।

images
images
images

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका ३० ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

images
images

एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ।

images
images

एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।

 


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend