शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दुई ठाउँमा डेटा सेन्टर निर्माणाधीन, थप तीन ठाउँमा प्रक्रिया अघि बढ्दै 

सोमबार, माघ ९ २०७९
दुई ठाउँमा डेटा सेन्टर निर्माणाधीन, थप तीन ठाउँमा प्रक्रिया अघि बढ्दै 

डेटा सेन्टर निर्माण तथा सञ्चालनमा गुणस्तर तथा सुरक्षामा यसअघि प्रश्न उठेको थियो। महालेखा तथा सरकारी अनुमगनकारी संस्थाहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए। 

काठमाडौं- सातवटा डेटा सेन्टर निर्माण  गर्ने सरकारी योजनाअन्तर्गत दुई ठाउँमा भवन निर्माणको काम भइरहेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रले अहिले ललितपुरको खुमलटार र बाँकेको कोहलपुरमा डेटा सेन्टरका लागि भवन निर्माण गरिरहेको छ। 

नेपाल सरकारको घोषित योजना र कार्यक्रम अनुसार नै केन्द्रले डेटा सेन्टरको काम अघि बढाएको छ। 

सरकारी डेटा भण्डारण र सुरक्षणका लागि भन्दै भरपर्दो डेटा सेन्टर बनाउने उद्देश्य अन्तर्गत थप तीन ठाउँमा डेटा सेन्टर निर्माण हुने भएका छन्। अहिले काठमाडौं र हेटौंडामा डेटा सेन्टर सञ्चालन भइरहेको छ। 

डेटा सेन्टर निर्माण तथा सञ्चालनमा गुणस्तर तथा सुरक्षामा यसअघि प्रश्न उठेको थियो। महालेखा तथा सरकारी अनुमगनकारी संस्थाहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए। 

अहिले भने केन्द्रले यसअघि उठेका प्रश्नको सम्बोधन गर्दै निर्माणको प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ। 

केन्द्रले पोखरा, धरान र बुटवलमा डेटा सेन्टर निर्माणको प्रक्रिय अघि बढाउने भएको छ। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका बनेको योजना अन्तर्गत थप डेटा सेन्टर निर्माण हुनेछन्। 

यी तीन ठाउँमा डेटा सेन्टर निर्माण भएपछि सरकारसँग कूल सातवटा सेन्टर हुने भएका छन्। 

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि यसअघि नै सरकारले विश्व बैंकसँग ऋण सम्झौता गरिसकेको छ। परियोजना अन्तर्गत डेटा सेन्टर लगायनका पूर्वाधारमा लगानी हुने छ। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend