आइतबार, जेठ ६ गते २०८१    
images
images

कमर्सियल गाडीमा एमएडब्लू समूहको प्रवेश : भोल्भो आइसरका सवारी अब ‘बतास एमएडब्लू’ले बिक्री गर्ने

बतास र एमएडब्लूको समान सेयर हिस्सा

images
आइतबार, माघ ८ २०७९
images
images
कमर्सियल गाडीमा एमएडब्लू समूहको प्रवेश : भोल्भो आइसरका सवारी अब ‘बतास एमएडब्लू’ले बिक्री गर्ने

बतास अर्गनाइजेसन र एमएडब्लू समूहबीच सहमतिमै नयाँ कम्पनी बनाएर कम्पनीको पुनर्संरचना गर्दै नयाँ सिराबाट व्यवसाय गर्ने सहमति भएको हो।

images
images

काठमाडौं- आइसरका गाडी अब नेपाली बजारमा नयाँ कम्पनीले बिक्री गर्ने भएको छ। यसअघिको आधिकारिक बिक्रेता इस्टर्न एजेन्सी प्रालि बन्द गरेर नयाँ कम्पनी बतास एमएडब्लू प्रालिमार्फत भोल्भो आइसरका ट्रक तथा बस बिक्री हुने भएका छन्। 

images
images
images

बतास अर्गनाइजेसनले एमएडब्लू समूहसँगको सहकार्यमा नयाँ कम्पनी स्थापना गरेर भोल्भो आइसर इन्डिया प्रालिले उत्पादन गरेका सवारीसाधन नेपाली बजारमा बिक्री गर्न सहमत भएका हुन्। दुई समूहबीच लामो समयसम्म चलेको छलफलपछि दुवैको समान सेयर हिस्सा रहने गरी नयाँ कम्पनीमार्फत भोल्भो आइसरका सवारी बिक्री गर्ने सहमति भएको थियो। 

images

सोही सहमतिअनुसार बतास अर्गनाइजेसन र एमएडब्लू समूहको सहभागितामा नयाँ कम्पनी ‘बतास एमएडब्लू प्रालि’ दर्ता भइसकेको छ। कम्पनी स्रोतका अनुसार अबको एक महिनाभित्र भोल्भो आइसरका सवारी नयाँ कम्पनीकै नाममा बिक्री सुरु गर्ने तयारी छ।

images
images

‘दर्ता प्रक्रिया सकेर कम्पनीको संरचनागत विभाजन र कार्य बाँडफाँट गर्ने काम भइरहेको छ,’ स्रोतले बिजनेस न्यूजसँग भन्यो, ‘अब केही दिनमै नयाँ कम्पनीको नाममा भोल्भो आइसरका सवारी आयात गर्न एलसी (लेटर अफ क्रेडिट) खोलेर गाडी मगाउने र गाडी आउनासाथ नयाँ कम्पनीको नामबाट बिक्री सुरु गर्नेगरि काम भइरहेको छ।’ 

images
images

बतास अर्गनाइजेसन र एमएडब्लू समूहबीच सहमतिमै नयाँ कम्पनी बनाएर कम्पनीको पुनर्संरचना गर्दै नयाँ सिराबाट व्यवसाय गर्ने सहमति भएको हो। सोहीअनुसार पुराना आधिकारिक बिक्रेता कम्पनी इस्टर्न मोटर्सले भोल्भो आइसर इन्डिया प्रालिलाई नयाँ कम्पनीमार्फत आइसरका गाडी नेपालमा बिक्री हुने पूर्वजानकारी गराइसकेको छ।

यसरी कम्पनी पुनर्संरचना गर्दा प्रिन्सिपल कम्पनीबाट पूर्वस्वीकृति नलिइ गरेमा समस्या पर्ने गरेको छ। यसअघि मर्सिडिजको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले नेपालमा सेयर संरचना फेरबदल गरेर एलसी खोल्दा प्रिन्सिपल कम्पनीले उक्त प्रक्रिया रोकेर आफै नेपाल आएर अध्ययन गरी फर्किएको थियो। त्यसपछि मर्सिडिज जर्मनीले दुई वर्षका लागि नेपाली बजार र यहाँको आधिकारिक बिक्रेतालाई ‘वाच लिस्ट’मा राखेको छ। तर भोल्भो आइसरको हकमा भने यस्तो समस्या हुने छैन। 

आइसरका गाडी बिक्री गर्ने बतास एमएडब्लू प्रालिको अध्यक्षमा विष्णुकुमार अग्रवाल हुनेछन् भने कम्पनीको सञ्चालन हेर्ने गरी शान्तराज बतास कम्पनी एमडी हुने छन्। कम्पनीको बोर्डमा दुवै समूहबाट दुई-दुई जना सञ्चालक रहेन व्यवस्था गरिएको छ। हालको कम्पनीमा रहेको कर्मचारीलगायत अन्य विषय भने टुंगिने क्रममा रहेको स्रोतको भनाइ छ। 

कम्पनीको कार्यालय कहाँ रहने, कसरी काम गर्नेलगायत प्राविधिक विषयमा भने अबको केही समयमा दुवै पक्ष बसेर अन्तिम रुप दिने तयारी छ। 

बतास अर्गनाइजेसनले अटोमोबाइलका साथै हस्पिटालिटी, कृषिलगात क्षेत्रमा लगानी गर्दै आएको छ। त्यस्तै एमएडब्लू समूहले अटोमोबाइलमा यामाहा, जिप तथा फियाट, स्कोडा, जेसीबीका निर्माण उपकरणलगायतको व्यवसाय गर्दै आएको छ।

बतास अर्गनाइजेसन र एमएडब्लूबीच यसरी बिजनेस साझेदारी भएको यो पहिलो भने होइन। यसअघि दुई समूहबीच फियाट क्रइसलर अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेतामा पनि साझेदारी भएको थियो, जुन अहिले पनि कायम रहेको छ। 

एमएडब्लू समूह प्रत्यक्ष रुपमा कमर्सियल सवारीको व्यवसायमा पहिलो पटक प्रवेश गर्ने भएको छ। यसअघि एमएडब्लू भृद्धि नामक कम्पनीबाट कमर्सियल सवारीको व्यवसाय गरेपनि उक्त कम्पनीको प्रत्यक्ष भूमिकामा विष्णुकुमार अग्रवाल थिएनन्। अब भने अग्रवाल कमर्सियल सवारीको व्यवसायमा प्रत्यक्ष रुपमा अघि आउने भएका छन्। 


प्रकाशित : आइतबार, माघ ८ २०७९०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend