बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धनकुटा महोत्सव आजदेखि

शुक्रबार, माघ ६ २०७९
धनकुटा महोत्सव आजदेखि

धनकुटा- प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ। महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ। 

आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन्।

हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend