शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इसेवाले संचालन गर्‍यो मधेस प्रदेशमा प्रादेशिक कार्यालय

बिहीबार , माघ ५ २०७९
इसेवाले संचालन गर्‍यो मधेस प्रदेशमा प्रादेशिक कार्यालय

काठमाडौं-इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ।

हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधायुक्त र सरलस्कृत गर्दै अगाडी बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको कम्पनीले जनाएको छ।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरेका छन्। अबदेखि मधेस प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाको सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाखले सेवा लिइरहेका छन्। इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ।

 


प्रकाशित : बिहीबार , माघ ५ २०७९११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend