बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्न्याक्स एण्ड बेभरेज उद्योगमा व्यवसायी विश्वनाथ शाहले १ अर्ब २८ करोड लगानी गर्दै

बुधबार, माघ ४ २०७९
स्न्याक्स एण्ड बेभरेज उद्योगमा व्यवसायी विश्वनाथ शाहले १ अर्ब २८ करोड लगानी गर्दै

काठमाडौं- व्यवसायी विश्वनाथ प्रसाद शाहले १ अर्ब २८ करोड रुपैयाँको लगानीमा काम गर्ने गरी 'आनन्दम स्न्याक्स एण्ड बेभरेजेज इन्टरनेशनल' उद्योगमा दर्ता गराएका छन्।

डीभी ग्रुप अफ कम्पनीजका संस्थापक रहेका शाहको व्यवस्थापकीय नेतृत्वमा स्कूल, कलेज तथा अन्य डेढ दर्जनभन्दा बढी उद्योगहरू संचालनमा छन्।

शाहले अहिले नेपालमै आलु भुजिया, भुटेको बदाम, मुङको दाल, पञ्जावी तड्का, ग्रिन मटर, नट क्याकर, स्न्याक लाइट, चटपट मसला र पापड उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

कुल १ अर्ब २८ करोड रुपैयाँमा उद्योग स्थापना गर्ने गरी शाहले कम्पनी उद्योग विभागमा दर्ता गराएका हुन। उद्योगमा २ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाउने र १२ सय केभीय बिजुली खपत हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

सत प्रतिशत नेपाली लगानी रहने उद्योग  पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा स्थापना हुने भएको छ।

उद्योगले वार्षिक रुपमा आलु भुजिया, भुटेको बदाम, मुङको दाल,  पञ्जावी तड्का,  ग्रिन मटर,  नट क्याकर,  स्न्याक लाइट, चटपट मसला र  पापड उत्पादन गर्ने लक्ष्य लिएको छ।


प्रकाशित : बुधबार, माघ ४ २०७९०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend