बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे १० करोडमा निर्मित स्वास्थ्य प्रयोगशाला प्रदेश सरकारलाई हस्तान्तरण

मंगलबार, माघ ३ २०७९
साढे १० करोडमा निर्मित स्वास्थ्य प्रयोगशाला प्रदेश सरकारलाई हस्तान्तरण

काठमाडौं- ग्लोबल फण्डले निर्माण गरेको प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ। ग्लोबल फण्डले नेपालको लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशालाको स्थापना भएको हो।

मंलबार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाबिरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रबन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानस्थित कार्यालयकी निर्देशक हिदरक्याम्प बेलले संयुक्त रुपमा प्रयोगशालाको हस्तान्तरण गरिएको हो। 

ग्लोवल फण्डले नेपालको लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशाला स्थापना गरिएको हो। साढे १० करोड रुपैयाँ लागतमा निर्मित प्रयोगशालामा आगामी दिनमा अतिरिक्त फर्निचर, लिफ्ट, प्रयोगशालाका लागि आवश्यक पर्ने अन्य उपकरण पनि थप्ने योजना रहेको बताइएको छ। 

प्रदेश १ को लागि यो रिफरल प्रयोगशाला निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराएको हो। 

यो प्रयोगशालाले प्रदेशभर सञ्चालनमा रहेका सबै स्वास्थ्य प्रयोगशालाको नियमन गर्नको लागि प्रदेश तथा स्थानीय सरकारलाई सघाउने लक्ष्य राखेको छ। यसका साथै, क्षमता सुदृढीकरण कार्यको लागि यो प्रयोगशालाले प्रयोगशालाका स्वास्थ्यकर्मीको क्षमता बढाउने, अन्य प्रयोगशालाहरूलाई प्राविधिक सहायता उपलब्ध गराउने, स्थानीय प्रयोगशालाको गुणस्तर सुनिश्चितता गराउनुका साथै सर्वसाधारणको लागि न्यूनतम मूल्यमा प्रयोगशालाका सेवाहरु प्रवाह गर्ने काम पनि गर्नेछ। 

सन् २००८ देखि सेभ दी चिल्ड्रेनले ग्लोबल फाण्डको अनुदान व्यवस्थापन गर्दै आएको छ। सन् २०१५ यता भने सेभ दी चिल्ड्रेनले ३ रोग (एचआईभी, क्षयरोग र मलेरिया) को लागि पूर्ण व्यवस्थापन गर्दै आएको छ। 

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा स्वास्थ्य मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाएर मन्त्रालयका सेवाहरू उत्कृष्ट बनाइने प्रतिबद्धता जनाए। स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राख्ने चर्चा चलिरहका बेला मुख्यमन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend