बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमई समूहले दर्ता गर्‍यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी; केबलकार, सडकदेखि हाइड्रोपावरमा लगानी गर्ने

बुधबार, माघ ४ २०७९
आईएमई समूहले दर्ता गर्‍यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी;  केबलकार, सडकदेखि हाइड्रोपावरमा लगानी गर्ने

निर्माण क्षेत्रमा केबलबार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँसम्मको लगानी लक्ष्यसहित कम्पनी उद्योगमा दर्ता भएको छ।

काठमाडौं- आईएमई समूहले लगानी विस्तारका लागि नयाँ कम्पनी उद्योग विभागमा दर्ता गरेकाे छ। समूहले केबलकार, सडकदेखि हाइड्रो पावर र उत्पादनमूलक उद्योगमा लगानी गर्ने गरि ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी दर्ता गरेको हो। 

आईएमई समूहका अध्यक्ष चन्द्रढकाल तथा उनका भाइ हेमराज ढकालको ५० प्रतिशत र प्रत्यक्ष वैदेशिक लगानीको ५० प्रतिशत हिस्सा रहने गरि नयाँ कम्पनी उद्योगमा दर्ता भएको छ। उक्त इन्भेष्टमेन्ट कम्पनी वान क्यापिटल होल्डिङ्ग्स प्रालिका नाममा उद्योग विभागमा दर्ता भएको छ। 

विभागको दर्ता विवरणअनुसार ५० प्रतिशत नेपाली र ५० प्रतिशत विदेशी लगानी रहने उल्लेख छ। जसमा निर्माण क्षेत्रमा केबलकार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँसम्मको लगानी लक्ष्यसहित कम्पनी उद्योगमा दर्ता भएको छ।

यसैगरी इनर्जी वेस उद्योग हाइड्रोपावर र सोलार विद्युत उत्पादनमा १ अर्बसम्मको लगानी इन्भेष्टमेन्ट गर्ने लक्ष्यसहित दर्ता भएको छ।

यसैगरी उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी गरीने दर्ता विवरणमा उल्लेख छ। यसैगरी ४० जनाले रोजगारी पाउने र १५ केभीए बिजुली खपत हुनेसमेत उल्लेख छ।

आईएमई समूहले अहिले काठमाडौंको चन्द्रागिरीमा केबलबार सहितको परियोजना सञ्चालन गरिरहेको छ भने यसै वर्षभित्र आईएमई समूहले बुटवल र नवलपरासीमा पनि केबलकारसहितको परियोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ।

आईएमई समूहले गैंडाकोट, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको आकर्षक गन्तव्य बनाउने काम अघि बढाइसकेको छ।

आईएमई समूहको हाल नेपालमा बैंक, होटल, केबलकार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ। 


प्रकाशित : बुधबार, माघ ४ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend