बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रेमिट्यान्स कम्पनीका सीईओ डोलप्रसाद अर्याल श्रममन्त्री

भन्छन् - रोजगारीका लागि विदेश जाने बाध्यता अन्त्य गर्छौं

मंगलबार, माघ ३ २०७९
रेमिट्यान्स कम्पनीका सीईओ डोलप्रसाद अर्याल श्रममन्त्री

काठमाडौ- रेमिट्यान्स कम्पनीका सीईओ डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति तथा सोही पार्टीबाट समानुपातिक सांसद बनेका अर्याल इजीलिंक रेमिट्यान्स कम्पनी सीईओ हुन्। विभिन्न क्षेत्रमा रहेका विज्ञताका आधारमा आफूहरूले मन्त्री पठाउने बताउँदै आएको स्वतन्त्र पार्टीले रेमिट्यान्स कम्पनीका सीईओलाई श्रममन्त्री बनाएको हो।  

'कुर्ची सम्हाल्दै गर्दा नेपालीहरू विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने र नेपालमै रोजगारी गर्ने अवस्था सिर्जना गर्नेछौँ। नेपालीले जबसम्म देशमै रोजगारी पाउँदैनन् तबसम्म समृद्धिको कल्पना सार्थक हुँदैन' रेमिट्यान्स कम्पनीका सीईओसमेत रहेका उनले पदभार सम्हालेलगत्तै भनेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै मन्त्री अर्याल सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। 

dolprasad aryal.jpg

'विदेश जाने क्रम त्यो दिन रोकिन्छ जब सबैमा रोजगारी सिर्जनाका लागि इमान्दारीताका साथ काम गर्ने जिम्मेवारी बोध हुन्छ' उनले भनेका छन्, 'मानिसहरू बाध्यताले होइन चाहेर मात्रै रमाइलोका लागि विदेश जाने अवस्था सिर्जना गर्नुपर्छ भन्ने हाम्रो सोच हो।'

मेनपावर कम्पनीका बारेमा बोल्दै उनले भने, 'हामीले प्राइभेट व्यवसायीलाई विधि र विधानमा बसेर व्यवसाय गर्नुहुन्छ भने प्रोत्साहन गर्नुपर्छ तर त्यसको मतलब नागरिकलाई दु:ख दिने गरेर कमाउनु हुँदैन भन्ने हो।'

dore.jpg

मन्त्री पदको शपथसँगै पदभार ग्रहण गर्दासमेत अर्याल इजीलिंक रेमिट्यान्स कम्पनीको आधारिक वेवपेजमा कम्पनीको सीईओका रुपमा नै रहेको देखिन्छ। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend