शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नयाँ सिरिजका फोनमा क्यामेरा र फोटोग्राफी फिचर्स अपग्रेड गर्दै सामसङ 

बिहीबार , पुस २८ २०७९
नयाँ सिरिजका फोनमा क्यामेरा र फोटोग्राफी फिचर्स अपग्रेड गर्दै सामसङ 

'लो लाइट फोटोग्राफी' मा सामसङले ग्यालेक्सी एस ट्वान्टीथ्रीमा विशेष काम गरिएको बुझ्न सकिन्छ। 

काठमाडौं- फेब्रुअरिमा सार्वजनिक हुने सामसङको 'ग्यालेक्सी एस ट्वान्टीथ्री' सिरिजका स्मार्टफोनमा अहिलेको तुलनामा विशेषगरि क्यामेरामा ठूलो अपग्रेड हुने भएको छ। 

सामसङ चाइनाले सार्वजनिक गरेको ग्यालेक्सी एस ट्वान्टीथ्रीको ट्रेलर भिडियोमा क्यामेरा तथा फोटोग्राफीलाई विशेष फोकस गरिएको छ। 

सामसङ चाइनाले दुईवटा भिडियो सार्वजनिक गरेको छ जसमा क्यामेरा र फोटोग्राफी केन्द्रीत छन्। पहिलो भिडियोमा रेजुलोसनलाई केन्द्रीत गरिएको छ। ग्यालेक्सी एस ट्वान्टीटूको तुलनामा धेरै मेगापिक्सेलको क्यामेरा सेन्सर हुनेतर्फ संकेत गरिएको छ। ग्यालेक्सी एस ट्वान्टीटूमा १०८ मेगापिक्सेलको प्राइमेरी सेन्सर रहेको छ। ग्यालेक्सी एस ट्वान्टीथ्रीमा भने २०० मेगापिक्सेलको हुने अनुमान पहिलेदेखि गरिएको थियो। 

त्यस्तै क्यामेरा अपग्रेड नै चासोको विषय भएकाले योसँगै फोटोग्राफी फिचर्समा पनि अपग्रेडको अनुमान गरिएको छ। सार्वजनिक भिडियोमा न्यून प्रकाशन भएको ठाउँमा पनि उच्च गुणस्तरको तस्बिर फिचर्स हुने छ। 

'लो लाइट फोटोग्राफी' मा सामसङले ग्यालेक्सी एस ट्वान्टीथ्रीमा विशेष काम गरिएको बुझ्न सकिन्छ। 

सामसङले फेब्रअरि १ मा अनप्यक्ड इभेन्ट आयोजना गर्दैछ। यसमा फ्ल्यागशीप स्मार्टफोन तथा अन्य उत्पादन सार्वजनिक गर्ने छ। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend