बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सामाजिक सुरक्षा कोषमा जम्मा भयो ७ अर्ब

१६ करोड १५ लाख भुक्तानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १ २०७८
सामाजिक सुरक्षा कोषमा जम्मा भयो ७ अर्ब

योदानमा आधारित सामाजिक सुरक्षा हालसम्म (साउन १६ गते) ६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ। कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार २ लाख ७५ हजार ५ सय ६० जना योगदान कर्ताबाट उक्त रकम संकलन भएको हो।

काठमाडौं-योदानमा आधारित सामाजिक सुरक्षा हालसम्म (साउन १६ गते) ६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ। कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार २ लाख ७५ हजार ५ सय ६० जना योगदान कर्ताबाट उक्त रकम संकलन भएको हो।

कोषका अनुसार हालसम्म १५ हजार ७५ रोजगादाता कोषमा सूचिकृत भएका छन। कोषले दिएको जानकारी अनुसार औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा कुल २२ करोड १९ लाख १५ हजार ९ सय ५२ रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजना शीर्षकमा ३१ करोड ६ लाख ८२ हजार २ सय ६२ रुपैयाँ योगदान भएको छ।

social fund.jpg

यसैगरी, बृद्ध अवस्था सुरक्षा योजना शीर्षकमा ५ अर्ब ८९ करोड ८६लाख ४० हजार ५ सय ५२ रुपैयाँ,साधरण अवकाश कोष शीर्षकमा ३८करोड ८२ लाख३७ हजार ९ सय ६७ रुपैयाँ र अतिरिक्त योगदान कोषमा ३ करोड ३६लाख ५५ हजार ७ सय ४५ रुपैयाँ योगदान कर्ताबाट संकलन भएको छ।

यसैगरी अन्य कोषबाट स्थानान्तरण भएर १ करोड ४८ लाख ७ हजार २ सय २५ रुपैयाँ र लगानी प्रतिफल कोषबाट ३ करोड ७९लाख ३१ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको छ।

१६ करोड १५ लाख भुक्तानी

कोषले अहिलेसम्म विभिन्न शीर्षकमा  भएको दाबी अनुसार १६ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ।  कोषका अनुसार ४ हजार ७८ जना लाभग्राही रहेको छन।

कोषका अनुसार दाबी भुक्तानी संख्या (पटक) ६ हजार १ सय ४३ रहेको छ। कोषले साउन १६ गतेसम्म सबैभन्दा बढी भुक्तानी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा रहेको छ। यो शीर्षकमा ४ करोड ७४ लाख ३२ हजार ५ सय ७१ रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ३३ लाख २२ हजार १५ रुपैयाँ दाबी भुक्तानी भएको छ।

यसैगरी,आश्रित परिवार सुरक्षा शीर्षकमा ५३ लाख ६६ हजार ४ सय ३१ रुपैयाँ र बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १० करोड ५४ लाख ६० हजार ५ सय ५९ रुपैयाँ रहेको छ।

 सबैभन्दा बढी रोजगारदात र योगदान कर्ता वागमतीमा

कोषका अनुसार सबैभन्दा बढी रोजगारदाता र योगदान कर्ता वागमतीमा प्रदेशमै रहेका छन्।वागमती प्रदेशमा १० हजार २ सय २०  रहेको छ। वागमतीमा योगदान कर्ताको संख्या पनि सबैभन्दा बढी २ लाख ५ हजार ५ सय २० जना रहेका छन्।

सबैभन्दा कम रोजगारदाता र योगदान कर्ता कर्णालीमै रहेका छन्। कर्णालीमा १ सय ७७ रोजगारदाता र ८ सय १८ जना योगदान कर्ता रहेका छन।

याेगदानकर्ताकाे विवरण प्रदेश अनुसार

राेजगारदाताको विवरण प्रदेश अनुसार

 


प्रकाशित : मंगलबार, भदौ १ २०७८११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend