बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मलेसियामा एक साताभन्दा बढी बन्धकमा परेका १९ मध्ये पहिलो चरणमा ७ जना नेपाल फर्किए

बुधबार, पुस २७ २०७९
मलेसियामा एक साताभन्दा बढी बन्धकमा परेका १९ मध्ये पहिलो चरणमा ७ जना नेपाल फर्किए

काठमाडौं- जनवरी १ देखि मलेसियामा बन्धकमा परेका १९ नेपालीमध्ये ७ जना बुधबार बिहान काठमाडौं आइपुगेका छन्। सरकारको पहलमा मलेसियास्थित नेपाली दूतावासको सहयोगमा पहिलो चरणमा ७ जना नेपाल आइपुगेका हुन्।

बन्धक टोलीमा रहेका ठाकुर रेग्मीका अनुसार ७ जना आज बिहान काठमाडौं आइपुगेको र १२ जना क्रमश: आउने गरी तयारी भएको छ।

खोजी म्यानपावरमार्फत सेप्टेम्बर ८ मा मलेसिया पुगेका २८ जना नेपाली कामदार जनवरी १ देखि बन्धकमा रहेका थिए। दूतावास र नेपाली एजेन्टको सहयोगमा ९ जना काममा फर्किएका थिए भने १९ जनाले नेपाल नै फर्कने निर्णय गरेका थिए। सोहीअनुसार पहिलो चरणमा ७ जना नेपाल आइपुगका हुन्।

फ्रि भिसा फ्रि टिकट भएपनि कामदारले ३ लाख रुपैयाँसम्म तिरेर मलेसिया पुगेका थिए।

मासिक २३ सय ४३ मलेसियन रिङगेट कमाइ हुने आश्वासनमा उनीहरूलाई म्यानपावरले मलेसिया पठाएको थियो। तर कामदारले ४ महिनासम्म काम गर्दा पनि कुनै पनि महिना २३ सय ४३ मलेसियन रिङगेट बुझन पाएका थिएनन्। त्यस्तो अवस्थामा पनि कामदारले काम गरिरहेका थिए। तर कम्पनीका मालिकले कामदारलाई हातपात गर्न थालेपछि विरोध सुरु भएको थिए। विरोध सुरु भएपछि कम्पनीले कामदारलाई बन्धक बनाएको थियो। बन्धक कामदारले उद्धारका लागि अपिल गरेका थिए।


प्रकाशित : बुधबार, पुस २७ २०७९११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend